Latest Movie :
Recent Movies
Showing posts with label Nepali News. Show all posts
Showing posts with label Nepali News. Show all posts

फेसबुक गीत सार्वजनिक

भाद्र २९ गतेका लागि रिलिज मिती तय गरिएको फिल्म 'फेसबुक' को गीत सार्वजनिक गरिएको छ । सिंगापुरमा छायाँकन गरिएको उक्त सार्वजनिक गीतमा नायिका झरना थापालाई नयाँ हिरो स्वतन्त्र प्रताप शाहले साथ दिएका छन् । सुनिल बर्देवाको संगीत रहेको सो गीतको करियोग्राफी कविराज गहतराजले गरेका हुन् भने संजय लामाले खिचेका हुन् ।

सुरज सुब्बा नाल्बोले निर्देशन गरेको उक्त फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । फिल्ममा झरना र स्वतन्त्रको साथमा राजेश हमाल, सुवास थापा, अनुराग मान सिंह कुवँर लगायतको अभिनय रहेको छ । सस्पेन्स थ्रील फिल्म फेसबुकको कथा सुरज सुब्बाले नै लेखेका हुन् । फिल्ममा दुई वटा मात्र गीत समावेश गरिएको छ । जसमध्येको एउटा गीतलाई यसअघि नै फिल्मीखबरले प्रिमियर गरिसकेको छ ।

प्रमिशको सुटिङमा फेरी दुर्घटना

केही दिन अघि मात्र करेन्ट लागेर गम्भीर घाईते भएका प्रमिशका एक प्राविधिक निको हुन नपाई अर्का प्राविधिक घाईते भएका छन् । चाबहिल आरुबारी स्थित भुत घरमा सुटिङ चलिरहँदा प्रमिशको टिममाथि दैविक शक्तिले पटक पटक प्रहार गरेको हो ।

यस अघि पनि सतर्कता अपनाउदा अपनाउदै प्राविधिक तिर्थ लामा आईसियुमा पुग्ने गरी घाईते भएका थिए । सो घटनाको केहि दिनमा नै तीन फिट माथिबाट लडेर आर्ट डाईरेक्टर सुनिल लामाको दाहिने खुट्टाको गोलीगाँठो फुस्किएको छ । सुटिङ सकिन केही दिन मात्र बाँकी रहेको उक्त फिल्मको ईनडोरका दृश्यहरु धमाधम खिचिईदैछ जुन क्रममा अर्का प्राविधिक पनि घाईते भएका हुन् ।

'खै के भईरहेको छ मैले आफै बुझ्न सकिराछैन', प्रमिशका प्रोडक्सन कन्ट्रोलर अर्जुन पोखरेलले भने । अर्जुनको कन्ट्रोलमा चलिरहेको मञ्जरी फिल्ममा पनि विभिन्न दुर्घटना भईदिदा उनी फिल्म यूनिटलाई हेर्ने कि विरामीलाई हेर्ने भन्ने बिषयले तनावमा छन् ।

'तीन फिट पनि थिएन तर कसरी गोलीगाँठो फुस्कियो मलाई थाहा छैन', घाईते लामाले भने । खुट्टाको गोलीगाँठो फुस्किएर प्लष्टर लगाएपछि प्रमिशको काममा केही अबरोध पुगेको छ । लामा प्रमिशको सिङगापुर पार्ट सुटिङमा पनि गएका थिए । फिल्मलाई सुरज सुब्बा नाल्बोले निर्देशन गरिरहेका छन् जसको प्रमुख कलाकार केकी अधिकारी हुन् ।

शंकरले जुराए `लभ फरइभर`

स्टेजबाट कलाकारिता सुरू गरेका शंकर आचार्यले आफूले निर्देशन गर्ने फिल्मको नाम 'लभ फरइभर' जुराएका छन् । सोमबार काठमाडौँको ए वान म्युजिसियन स्टुडियोमा गीत रेकर्डिङमा भेटिएका शंकरले प्रेमकथामा आधारित रहेर उक्त नाममा फिल्म निर्माण तथा निर्देशन गर्न लागेको बताए ।

चेतन सापकोटाको संगीतमा अञ्जु पन्तले गीत रेकर्ड गरिरहेको अवस्थामा फिल्मीखबरसँग कुरा गर्दै शंकरले भने, 'स्टेज नाटक, टेलिफिल्म र फिल्मबाट पाएको अनुभवले फिल्म निर्देशन गर्ने निर्णय गरेको हुँ ।' दर्जनौं नाटक र टेलिफिल्मको निर्देशन तथा अभिनय गरेका शंकरले यसै फिल्मबाट आफ्ना छोरा राज आचार्यलाई नायकको रूपमा प्रस्तुत गर्दैछन् । राज तितो सत्यमा दीपकराज गिरीको छोरा बनेर अभिनय गर्ने कलाकार हुन् ।

फिल्ममा राज बिशेष भुमिकामा देखिने छन् भने मुख्य भुमिकामा मायाज बार हिरो गजित बिष्ट, निरज बराल र सुमिना घिमिरे रहनेछन् । साउन २५ गतेबाट काठमाण्डौमा नै फिल्मको सुटिङ शुरू हुने बताईएको छ । जम्मा दुई वटा गीत समावेश गरिने सो फिल्ममा अञ्जु पन्तको साथमा दुर्गा खरेल र चेतन सापकोटाको स्वर रहनेछ ।  फिल्मको कथा शंकर स्वयंले लेखेका हुन् भने छायाँकन निरज कँडेल, द्धन्द सूर्य थोकर, करियोग्राफी गम्भिर बिष्ट तथा प्रोडक्सन बुद्धिलाल मगरको रहनेछ ।

राजेश हमाल बने बाघ दूत

महानायक राजेश हमाललाई विश्व वन्यजन्तु कोष नेपालका सदभावना दूत घोषणा गरिएको छ । तेस्रो बाघ संरक्षण दिवसका अवसर पारेर आइतवार राजधानीमा आयोजित एक कार्यक्रमका विच हमाललाई बाघ संरक्षणका लागि सदभावना दूत घोषणा गरिएको हो ।

सदभावना दूतको अभिभारा पाएका हमालले अब नेपालमा बढ्दो बाघ चोरी तस्करीको रोकथामका लागि सन्देश प्रवाह गर्नेछन् । कार्यक्रममा सन् २०१० मा १ सय ५५ वटा बाघ रहेकोमा बढेर १ सय ७६ पुगेको जानकारी दिंदै त्यसको सुरक्षाका लागी आम नेपालीको सहयोग चाहिने बताईएको थियो । वन तथा भू-संरक्षण मन्त्रालयले आयोजना गरेको सो कार्यक्रममा हमालले बाघको संरक्षणका लागी आफ्नो पहल रहने प्रतिबद्धता जनाए ।

हमाललाई संरक्षण दूत बनाउनु पूर्व करिब एक महिना अगाडी बाघको मुख्य बासस्थान मानिने बर्दिया राष्ट्रिय निकुञ्ज लगिएको थियो । हमालले निकुञ्जमा पुगि बाघको बारेमा जानकारी लिंदै बाघ जंगलको ठूलो सेलिब्रेटी रहेको बताएका थिए । बाघको अनुहारले नै एउटा परिचय दिने भएकाले बाघ सेलिब्रेटी भएको उनको भनाई थियो । यसअघि तत्कालिन मिस नेपाल जेनिसा मोक्तानलाई सरकारले बाघ संरक्षणका लागि सदभावना दूत नियुक्त गरेको थियो ।

प्रचण्डले दिने एक करोडले तारबार लगाउन पनि पुग्दैन

दोलखाको लाकुरी भन्ज्याङ स्थित पन्ध्र सय रोपनीको क्षेत्रफलमा फिल्म स्टूडियो निर्माणका लागि आवश्यक ३५ करोड सिड मनिको प्रस्ताव लिएर सरकारको नेतृत्व गरिरहेको दल एकिकृत माओवादीका अध्यक्ष प्रचण्डललाई भेट्न पुगेका फिल्मकर्मीलाई प्रचण्डले एक करोड निकास भएको जानकारी गराए । तर उक्त एक करोडबाट पन्ध्र सय रोपनीमा तारबार लगाउन पनि अपुग हुने छ । आशा ठूलै थियो तर 'नहुनु मामा भन्दा कानो मामा ठिक' भने झैं अन्य राजनीतिक दलबाट पाएको मौखिक आस्वाशन भन्दा माथी बढ्दै प्रचण्ड पहलले एक करोड निकासा हुने भएपछि फिल्मकर्मी केही हद सम्म दङ्ग छन् ।

आफ्नो सरकारका अर्थमन्त्री बर्षमान पुन 'अनन्त' संग आजै फोन संवाद गरी सो रकम निकासा गर्ने सहमति भएको प्रचण्डले डेलिगेसनका लागि आफ्नो कार्यालय आईपुगेका एक हुल फिल्मकर्मीमाझ भने । 'यहाँ आउनु भन्दा अघि तपाईहरुलाई केही गर्न सकिन्छ भनेर मैले अर्थमन्त्रीसंग फोनमा कुरा गरेको थिएँ सुरुमा उहाँ अर्ब नै हो कि भनेर तर्सिनु भयो अनि मैले सिड मनी मात्र भनेपछि उहाँले एक करोड दिने भनी फाईनल भनिदिनु भन्नु भा'छ', अर्थमन्त्रीले दिएको प्रतिबद्धतालाई प्रचण्डले सुनाए ।

प्रचण्डले पहिलो पटक प्रधानमन्त्री भएपछि एक करोडको चलचित्रकर्मी कल्याण कोष स्थापना गरेका थिए जुन कोषको सम्झना पनि उनले आज गरे । उक्त कोष राज्यको तर्फबाट फिल्मकर्मीलाई पहिलो र दीर्घकालिन सहयोग थियो । प्रचण्डले फिल्म क्षेत्रका सम्पूर्ण समस्या समाधानका लागि पार्टीका विभिन्न बैठकमा राखि समाधानको प्रयास पनि गरिने बताए ।

करिब एक घण्टा भएको भेटघाटमा फिल्मकर्मीहरुले चलचित्र ऐन निर्माण गरी बिकास बोर्डलाई स्वायतता गर्नु पर्ने तथा सेन्सर बोर्डलाई चलचित्र बिकास बोर्ड मातहत ल्याउन र फिल्मकर्मीको विभिन्न ब्यबहारिक समस्याको बारेमा अवगत गराएका थिए । सो भेटघाटका लागि रिदमको सुटिङ स्थगित गरि निर्देशक बिकास आचार्यका साथ पेरिस डाँडा पुगेका हिरो जीवन लुईटेलले फिल्म जगतको यथार्थ पिडा प्रचण्ड सामु राखेका थिए ।


भेटघाटमा महिला चलचित्रकर्मी मञ्चको तर्फबाट अध्यक्ष मौसमी मल्लले कलाकार र कला क्षेत्र पोलियोले ग्रसित भएको भन्दै तुरन्त पोलियो खोप राज्यबाट चाहिएको बताईन् । यसैगरी निर्देशक आकाश अधिकारी, घनश्याम खतिवडा, गायक कुमारध्वज कार्की तथा डान्स डाईरेक्टर गोविन्द राईले पनि आ-आफ्नो तर्फबाट विभिन्न समस्या प्रचण्ड सामु राखेका थिए ।

चलचित्र बिकास बोर्डको नेतृत्वमा भएको भाईरहेको राजनीतिक दलका शिर्षस्त नेताहरुसंगको यो भेटघाटकॊ शिलशिला नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल र प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भेटेपछि अन्त्य हुने निर्देशक आकाश अधिकारीले जानकारी गराए ।

पेरिस डाँडामा प्रचण्डसँग भेटघाट

पार्टी भित्रको आन्तरिक विवादमा फसेका एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज फिल्मकर्मीलाई टाईम दिएका छन् । अपरान्ह तीन बजे चलचित्र बिकास बोर्डको नेतृत्वमा केही फिल्मकर्मी माओवादी मुख्यालय पेरिस डाँडा पुगी आफ्ना समस्या प्रचण्ड सामु राख्ने कार्यक्रम छ ।

यस अघि एमाले अध्यक्ष झलनाथ खनाल, नेता केपी ओली, काँग्रेस सभापति शुसिल कोईराला तथा राप्रपा अध्यक्ष पशुपति शम्सेर राणालाई भेटेका फिल्मकर्मीले यो अभियानको अन्तिम पाईला स्वरुप प्रचण्डलाई भेट्न लागेका हुन् । विशेषत यो भेटघाट दोलखामा प्राप्त १५ सय रोपनी जग्गामा स्थापना हुन लागेको फिल्म स्टूडियो सञ्चालनका लागि आवश्यक पर्ने सिड मनी निकासाका लागि केन्द्रित हुनेछ ।

साढे दुई अर्ब बजेट लक्ष्य राखिएको उक्त स्टूडियोका लागि पहिलो किस्ता स्वरुप ३५ करोडको रकम सरकार मार्फत पास होस भन्दै बिकास बोर्डले लविङ सुरु गरेको हो । विभिन्न ब्यस्तताका बाबजुत पनि यो अभियानमा हिडिरहेका फिल्मकर्मीहरुको संख्या हिजो अस्तिको भन्दा आज धेरै हुने छ । किनकी नेपाली राजनीतिका सवैभन्दा पावरफुल नेता प्रचण्डसंग ब्यक्तिगत सम्बन्ध विस्तारका लागि पनि यो भेट फिल्मकर्मीका लागि महत्वपूर्ण बन्ने छ ।

मनिषा कोईरालाको दुई बर्षे बैबाहिक जीवनमा पूर्णविराम !

अभिनेत्री मनिषा कोईरालाले आफ्नो दुई बर्षे बैबाहिक जीवनलाई पूर्णविराम लगाएको भारतिय अनलाईनहरूले जनाएका छन् ।

भारतिय अनलाईन टाईम्स अफ इन्डिय, बलिउड हङ्गामा लगायतका अनलाईनले बैबाहिक जीवनमा टकराव आएपछि मनिषाले डिभोर्सको बाटो रोजेको बताएको छ । दुई बर्ष अघि आफू भन्दा ६ बर्ष कम उमेरका नेपाली व्यवसायी सम्राट दाहालसँग नेपालमा नै धुमधामसँग बिहे गरेकी अभिनेत्री मनिषाले बेला-बेला आफ्नो बैबाहिक जीवनको तिक्ततालाई फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जालमा पोख्दै आएका थिईन् ।

अहिले मनिषाले डिभोर्सको कुरा सार्वजनिक गरिसकेकी छैनन् तर उनको निकट साथीले बैबाहिक जीवन अब सकिएको खबर दिएको अनलाईनमा उल्लेख छ । यस्तै अनलाईनका अनुसार डिभोर्सको प्रक्रिया अहिले कानुनी रूपमा अगाडी बढेको छ । मनिषाले डिभोर्स गर्नुलाई भने नौलो रूपले हेरिएको छैन । बिबाह भए लगत्तै धेरैले डिभोर्स हुनसक्ने अंकलन काटेका थिए ।

नेपाली फिल्म फेरि भेटौंला र धर्मामा अभिनय गरेकी मनिषाले नेपालमा रहेर नेपाली फिल्म बनाउने बताउँदै आएकी छिन् भने बिभिन्न सामाजिक कार्यमा संलग्न हुँदै आएका छिन् । मनिषाले बलिउडमा सौदागर फिल्मबाट अभिनय यात्रा शुरू गरेकी हुन् ।

हिरोईनले नै पाईनन् आफ्नै फिल्मको टिकट

निर्माता सुनिल मानन्धरले गरेको पूर्व दावी अनुसार मायाज बारले आज १९ वटै हलमा हाउसफूल विजनेश गर्दे पहिलो दिनको कलेक्सन रेकर्ड तोडेको छ । हिजो शुक्रबार सो फिल्मले १२ लाख माथिको ब्यापार गरेको थियो भने आज २० लाख बढीको ब्यापार गरेको छ ।

दुई वटा हल पाएको गोपीकृष्ण मुभिजको ८ सय सिट खचाखच भएपछि सय बढी दर्शक फर्किएका थिए भने फिल्मको टिकट व्ल्याकमा बेचिरहेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ समेत गरेको बताईएको छ । फिल्मका निर्देशक दिनेश डिसीका अनुसार व्ल्याकमा टिकट बेचिरहेको अवस्थामा प्रहरीले रंगेहात पक्राउ गरेको हो । यस्तै अष्टनारायणको करिब १५ सय सिट क्षमताको दुई अडिटोरियममा सम्पूर्ण शो हाउसफुल भएको हल सञ्चालक त्रिरत्न मानन्धर बताउँछन् । मानन्धरका अनुसार अष्टनारायणमा पनि सिट नपाएपछि दर्शक फर्किएका थिए ।

उता प्रमुख मल्टीप्लेक्स हलको सूचिमा दर्ता भएको क्यूएफएक्स अर्न्तगतको कुमारीमा पनि बेलुकीको शो हाउस फुल भएको थियो । मायाज बार हेर्न कुमारीमा पुगेका निर्देशक बिजय बस्नेत टिकट नपाएपछि घर फर्किएका थिए । यति सम्मकी दर्शकको घुईंचो बढेपछि हिरोईन निशा अधिकारीले समेत आफ्नै फिल्म हेर्न पाईनन् । रिलिजको अघि अघिल्लो दिन सिनेजोन ल्यावको सानो स्क्रिनमा फिल्म हेरेकी निशाले ठूलो पर्दामा आफ्नो कामलाई नियाल्न पाएकी छैनन् । प्रोमोशन टाईमा ट्रेकिङ गएर मज्जा लुटेकी उनी हिजो देखि भने मायाज बारको प्रोमोशनका लागि विभिन्न मिडिया धाएकी छिन् ।

निशाले मात्र हैन शो हाउसफुल भएपछि फिल्मकी अर्की हिरोईन करिश्मा मानन्धर र पहिलो पटक पूर्ण रुपमा नेगेटिभ रोलमा दर्शकमाझ देखिएका महानायक राजेश हमाललाई पनि मायाज बार यूनिटले फिल्म देखाउन पाएको छैन । आउदो हप्तादेखि मोफसलका झण्डै पचास हलमा लाग्ने मायाज बार मोफसलका दर्शकमाझ पनि प्रतिक्षित फिल्म बनेको बुझिएको छ । ईनिसियल विजनेस उकालिएपछि एक करोड ३५ लाख लागतको सो फिल्मको राजधानी रिलिजबाट मात्रै ५० लाख शेयर आफ्नो हातमा आउने निर्माता मानन्धरले विश्वास ब्यक्त गरेका छन् ।

मायाज बार मुख्य मल्टिप्लेक्स मानिने क्यूएफएक्स सेन्ट्रल र बिग सिनेमा हलमा रिलिज भएन । क्यूएफएक्स सेन्ट्रलमा हिन्दी र अंग्रेजी फिल्मले नै शो भरेपछि मायाज बारका लागि शनिबारको कलेक्सनमा धक्का पुग्यो । भोली आईतवारबाट भने सेन्ट्रलमा पनि मायाज बारले केहि शो पाउने बताईएको छ । यता कमलपोखरीको बिग सिनेमामा भने मायाज बार लगाईएन । किन फिल्म लगाईएन कारण खुलेको छैन ।

बिहान बेलुकी काम गर्नेमा मुटु रोगको खतरा बढी

साउन १२ - दिउँसो भन्दा बिहान बेलुकी काम गर्नेहरुमा मुटु रोगको खतरा बढी हुने एक अध्ययनले देखाएको छ । बेलायतको ब्रिटिश मेडिकल जर्नलले गरेको अध्ययनले बिहान बेलुकी काम गर्दा उनीहरुको जीवनशैलीमा समेत प्रतिकुल असर पर्ने देखाएको बीबीसीले छ । अनुसन्धानकर्ताहरुका अनुसार बिहान बेलुकी काम गर्ने २३ प्रतिशतलाई हृदयाघात, २४ प्रतिशतलाई मुटुको धमनीमा समस्या र ५ प्रतिशतलाई मुटुको धड्कनमा समस्या हुने खतरा हुन्छ ।

नर्वे र क्यानडाका अनुसन्धानकर्ताहरुले ३४ वटा अध्ययनको संयुक्त बिश्लेषण गरी बिहान बेलुकी काम गर्नेहरुले खानपानलाई समेत व्यवस्थित नगर्ने पाईएकाले मुटुको समस्या देखिने बताएका छन् । यसरी काम गर्नेहरुलाई उच्च रक्तचापको पनि उत्तिकैै खतरा हुने विश्लेषकहरुको भनाई छ । खानेकुरामा ध्यान दिए र चुरोटको सेवन नगरे मुटु स्वस्थ राख्न सकिने विज्ञहरुले बताएका छन् ।

करेन्ट लागेर मृत्यु

तेह्रथुम, साउन १३ - तेह्रथुम साब्लाको हलिमेलामा शुक्रवार राति करेन्ट लागेर एक युवाको ज्यान गएको छ । हलिमेलामा सिलाई–कटाई ब्यवसाय गर्दै आएका २९ बर्षिय हेमबहादुर नेपालीको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ । राति बिजुलीको स्विच अफ गर्ने क्रममा करेन्ट लागेका नेपालीको राति नै ज्यान गएको प्रहरी नायव निरीक्षक विष्णुबहादुर खड्काले जानकारी दिनुभयो । पौंठाक ७ घर भएका नेपाली दुई वर्षअघिदेखि साब्लाको हलिमेलामा सिलाई कटाई ब्यवसाय गर्दै आउनुभएको थियो ।

मृतक नेपालीका एक छोरा, एक छोरी र श्रीमती छन् ।

पाल्पामा भएको गाडी दुर्घटनामा १४ को मृत्यु

देव पचभैया/उज्यालो । पाल्पा, साउन १३ - पाल्पाको जोर्तेमा निजी गाडी दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ । २ जना गम्भीर घाइते भएका छन् । पाल्पा गुल्मी सडकखण्डको देउराली गाबिसमा पर्ने जोर्तेमा गाडी सडकबाट कुरुङ्ग खोलामा खस्दा ज्यान गुमाउनेको परिचय भने खुलिनसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मृतक मध्ये एकजना भारतीय मुलका चालक र बाँकी नेपाली मुलका रहेको स्थानीयवासिन्दाले जनाएका छन् । स्थानीय ज्ञानेन्द्र गैरेका अनुसार १४ जनाकै शव खोलाबाट निकाल्ने काम भइरहेको छ । भारतबाट बाबुको काजकिरिया गर्न घर आएका एकै परिवार र छिमेकीहरु दुर्घटनामा परेको हुन सक्ने अनुमान गरिएको छ । बिहान साढे सात बजेतिर स्थानीयवासिन्दाले देखेपछि दुर्घटनाबारे प्रहरीलाई खबर गरेका थिए । घाईतेलाई उपचारका लागि मेडिकल कलेज प्रभास लगिएको छ ।

मञ्जरी फिल्मको माईक्रो बसले सासु बुहारीलाई ठक्कर दिंदा बुहारीको अवस्था चिन्ताजनक

बिभिन्न तनावका विच सुटिङ सक्न लागेको फिल्म मञ्जरीको युनिटलाई अन्तिम समयमा आएर अझ ठूलो तनाव आईपरेको छ । कहिले कलाकारको दुर्घटना त कहिले चर्को घामले गर्दा कलाकार बिरामी भएका कारण समस्यामा रहेको सो फिल्म युनिटको माईको बसले आज दुई महिलालाई ठक्कर दिएपछि अर्को तनाव झेल्नु परेको हो ।

मुग्लिङ बजारमा फिल्मको केहि प्याचअप सिन सुटिङका लागि गएको बा १ ज ९८८४ नम्बरको टेक्निसियन र क्यामेरा बोकेको मञ्जरीको माईक्रो बसले धादिङको नौबिसे स्थित सहेले भन्ने स्थानमा साँझ ६ बजे सासु बुहारीलाई ठक्कर दिएको हो । फिल्मका प्रोडक्सन अकाउन्टेन्ट यादव पाण्डेले दिएको जानकारी अनुसार ६५ बर्षिया उजेली चापागाईं (सासु) र ४२ बर्षिया रूकु चापागाईं (बुहारी) लाई अहिले उपचारका लागि ललितपुरको बि एण्ड बि अस्पतालमा भर्ना गरिएको छ ।

सासुको स्वास्थ्य अवस्था सामान्य रहे पनि बुहारीको अवस्था भने चिन्ताजनक रहेको पाण्डेले बताए । पाण्डेका अनुसार बुहारी रूकुको कम्मर मुनीको भागमा गहिरो चोट लागेको छ । उनी अहिले अचेत अवस्थामा रहेको पाण्डेले बताए । फिल्मको युनिट अहिले मुग्लिङ बजारमा नै छ भने अकाउण्टेन्ट पाण्डे बिरामीको रेखदेखका लागि अस्पतालमा छन् । पानी पारेर बाटो चिप्लो भएकाले स्पिडमा रहेको गाडीलाई नियन्त्रणमा लिन नसक्दा चिप्लिएर ति महिलालाई माईक्रोले ठक्कर दिएको फिल्मको निर्माण युनिटले बताएको छ ।

गणेश देव पाण्डेले निर्देशन गरिरहेको सो फिल्मको दुई दिनमा सुटिङ सकिनेछ । टुका ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको सो फिल्ममा गौरब पहाडी, सुजाता कोईराला र टिका पहाडी मुख्य भुमिकामा छन् ।

आर्यनको आज पहिलो विदेश भ्रमण

हिरो आर्यन सिग्देल आज पहिलो विदेश भ्रमणमा निस्किएका छन् । उनी को संग विदेश गए त्यो खुल्न सकेको छैन तर बेलुकी साढे सात बजेको फ्लाईटबाट उनी एक हप्ताका लागि कतार उडेका हुन् ।

फिल्मीखबरलाई प्राप्त खबर अनुसार नवराज आचार्यले निर्देशन गर्न लागेको फिल्म कलिउडको लोकेशन हन्टका लागि आर्यन त्यता तर्फ उडेका हुन् । तर आर्यनले कतार उड्नु अघि यि बिषयमा फिल्मीखबरले गरेको विभिन्न प्रश्नमा अनभिज्ञता प्रकट गर्दै भ्रमण बारे लुकाउने खोजे । 'म त घुम्नको लागि निस्कन लागेको हुँ अरु केही हैन', कतार उड्ने तयारी गरिरहेका बेला आर्यनले फोनमा भने । अहिले सम्म नेपालको भुमी नछोडेका आर्यन पहिलो विदेश भ्रमण भएकाले होला फोनमा उनको बोली केही हर्षित अनि केही गम्भीर जस्तो सुनिन्थ्यो ।

फिल्मीखबरलाई प्राप्त खबर अनुसार हाल अमेरिकामा रहेका निर्देशक नवराज आचार्य पनि कतार ल्याण्ड हुदैछन् । नेपाल आउने क्रममा नवराज कतार बस्न लागेको स्रोतको भनाई छ । कतारमा कलिडबाट डेब्यू गर्न लागेका हिरो बिष्णु कार्कीको फ्ल्याटमा उनीहरु बस्नेछन् । एक हप्ताको पिरियडमा आर्यन, बिष्णु र नवराजले कलिउड खिच्नका लागि लोकेशन फाईनल गर्ने बुझिएको छ । सम्भवत भदौ महिनाको अन्त्य तिर कलिउडको सुटिङ स्टार्ट हुने बुझिएको छ तर त्यस अघि आर्यन नवल नेपालको फिल्ममा ब्यस्त हुनेछन् ।

हिरोईन हेरफेरको लफडमा कलिउडकी फष्टकाष्ट हिरोईन नम्रता श्रेष्ठ हुन् भने सेकेन्ड काष्टको बिषयमा कलिउड यूनिटले केही बताईएको छैन । यस अघि सेकेन्ड काष्टमा रिमा विश्वकर्मा लिने बताईएको थियो तर रिमाले पनि उक्त रोल नगर्ने भएपछि निर्देशक आचार्यको टाउको निकै नराम्ररी दुखेको थियो जुन खबरलाई यस अघि फिल्मीखबरले प्रकाशित गरिसकेको छ । कलिउड हिरोईनको नेपाली फिल्मउद्योगमा हुने संघर्ष माथि केन्द्रित भएर बन्न लागेको फिल्म हो ।

मञ्जरी हिरोईन सार्वजनिक

फोटो आउट हुने डरले फेसबुक र ट्वीटरको प्रयोग गर्न समेत बञ्चित गराएको मञ्जरी युनिटले आफ्नो फिल्मको हिरोईन सार्वजनिक गरेको छ । प्रि-प्रोडक्सनको करिब चार महिने अवधिमा मिडियाबाट समेत टाढा राखेको मञ्जरी युनिटले बुधबार अनामनगर स्थित नूतन स्टूडियोमा एक हुल सञ्चारकर्मीमाझ आफ्नी हिरोईनको परिचय गरायो ।

विगत एघार बर्षदेखि काठमाण्डूको चाबहिलमा बस्ने बिरगञ्जकी रैथाने सुजाता कोईराला सो फिल्मकी हिरोईन हुन् जो गोपीकृष्ण टिभी फिल्मीले आयोजना गरेको को बन्छ कलाकारको टप टेन राउन्डमा पुगे पश्चात निर्देशक गणेश देव पाण्डेको नजरमा परेकी थिईन् । 'हामीलाई हिरोईन भन्दा पनि सिम्पल अनि ईनोसेन्ट लुक्स भएको क्यारेक्टर चाहिएको थियो जुन सुजातामा हामीले देख्यौं अनि लिड रोल दिएका हौं', निर्देशक पाण्डेले भने । गणेश देवले २० भन्दा बढी नयाँ अनुहारहरुको अडिसन लिएका थिए जस मध्ये भाग्यमानी बनिन् सुजाता ।


ग्लोबल कलेजमा कक्षा १२ मा पढ्ने सुजाताको उमेर अहिले अठार छ जसको अभिनय अत्यन्त उत्कृष्ट रहेको मञ्जरी युनिटका सदस्यले जानकारी गराए । ४५ केजी तौल भएकी ५.२ इन्च उचाईकी सुजाताको बिषयमा सुटिङ सेटमा भेटिएका प्रोड्यूसर प्रदीप उदय पनि तारिफ गर्छन् । यस्तै बरिष्ठ पत्रकार शान्ति प्रियले पनि उनको लुक्स बेबी हिरोईनका लागि फर्केट रहेको तर्क दिए । मालतीको भट्टी मार्फत डेब्यू गराएका आफ्ना निर्देशक पाण्डेले बनाएको सो फिल्ममा प्रदीपको पनि लगानी रहने बताईएको थियो तर सोलो प्रोड्यूसरको रुपमा आउने भन्दै अन्तिम समयमा उनले यस फिल्ममा लगानी गरेनन् ।

फिल्ममा सुजाताको अपोजिट बरिष्ठ कलाकार टिका पहारीका छोरा गौरव हिरो भएका छन् । गौरव यसै फिल्म मार्फत नेपाल रजतपटमा भित्रिदैछन् । संयोग पनि कस्तो मिलेको बाबु छोरा नै यो फिल्मका प्रमुख कलाकार हुन् तर फिल्म भित्र गौरवले आफ्नो बुबालाई्र ससुरा भनेका छन् । टुका ईन्टरटेन्मेन्टको ब्यानरमा भारतीय क्यामेरा पर्सनका साथमा धमाधम सुटिङ भईरहेको सो फिल्मको मेजर सिन खिच्ने कार्य बुधबार देखि सम्पन्न भएको छ । यध्यपी औपचारिक रुपमै प्याकअप हुन अझै तीन दिन लाग्ने बताईएको छ । फिल्मको प्याचअपका केही दृश्य कैदका लागि मञ्जरी युनिट आज काठमाण्डौ उपत्यका बाहिर जाँदैछ ।

बिजनेस प्रिभ्यूः दोसाँधमा मायाज बार

फिल्म निर्माण भएपछि निर्माता निर्देशकको एउटै दावी हुन्छ फिल्म फरक छ दर्शकले मन पराउँछन् । बजार हिस्सा बढ्ने क्रममा रहेको यो क्षेत्रमा अझै पनि माग भन्दा बढी फिल्महरु बजारमा भिडिरहेका छन् । यस्तो बजार संरचनामा फिल्मले व्यापार गर्नु भनेको मुस्किलको कुरा हो तर पनि नयाँ नयाँ फिल्म विग बजेटमा बन्दै दर्शक तान्ने सुरमा छन् ।

बजार शास्त्रको सामान्य नियममा पनि रहने हो भने डिमाण्ड भन्दा बढी सप्लाई भयो भने त्यो बजार संरचनामा बस्तु तथा सेवा दुवै घाटामा जान्छन् तर नेपाली फिल्मको सप्ताहन्त साइत शुक्रवारलाई क्यालेण्डरमा रेडमार्क गरेर बसेका निर्देशक डिनेश डिसीको ड्रिम प्रोजेक्ट मायाज बार यो शुक्रवारदेखी काठमाडौँ उपत्यका टेरिटोरीमा लाग्दैछ त्यो पनि सोलो यसको मतलब माग अनुसारकै यो हप्ता फिल्म छ त्यो पनि विना प्रतिस्पर्धामा । सायद पछि त्यस्तै मनोभाव बोकेका दर्शकहरु त्यसपछिका रिलिज फिल्ममा सन्तुष्ट नभएका अवस्थामा मायाज बारको ककटेल (मिश्रित) फर्मुलाले केही डोज दिन्छ भन्ने प्रक्षेपण पनि गरिएको छ ।

निर्माणको घोषणासँगै चर्चामा रहेको यो फिल्म रिलिज पूर्वको समाचार कभरेज र सोसल साइटहरुमा गरिएको भर्चुअल पब्लिसिटीले नयाँ स्वाद खोजेका दर्शक पनि यसको लक्षित वर्ग बन्न पुगेका छन् । यस बाहेक परम्परागत दर्शकका लागि यो फिल्म आफैमा सुत्र हो । नेपाली फिल्ममा सहरी दर्शक विस्तारै बढिरहेका छन् । खासमा मल्टिप्लेक्स दर्शकहरुको फिल्म मनोभावमा विस्तारै परिवर्तन पनि आएको छ । मल्टिप्लेक्स दर्शक तान्नका लागि मायाज बार सफल पनि हुने देखिन्छ । फिल्मको विषय उठानका हिसाबले पब्लिसिटी र रिलिज पूर्वको समाचार कभरेज, मेकिङ अफ मायाज बार स्टोरी र कलाकारको स्टारभ्यालू तथा फस्ट टाइम महानायक राजेश हमालको अपोजिट रोल (भिलेन) को भूमिका कारण पनि यो फिल्म दर्शक तान्नमा सफल हुनेछ तर राजेश हमालको भूमिकाका विषयमा भने माउथ पब्लिसिटीमा भर पर्नुपर्ने हुन्छ कारण उनलाई पब्लिसिटीमा त्यति ल्याइएको छैन ।
११ लाख पब्लिसिटी खर्च सहित १ करोड ३५ लाखमा निर्माण गरिएको भनिएको यो फिल्मको बजेट औषत नेपाली फिल्म निर्माणको लागत भन्दा करिब ३ गुणा बढि हो । त्यसैले मायाज बारले लगानी उठाउनका लागि पनि तिन गुणा मिहिनेत गर्नुपर्ने हुन्छ । दावी अनुसार आधा दशक यता विग बजेटमा निर्माण भएको फिल्म पनि मायाज बार नै हो । यति ठूलो बजेट हुनुको कारण निर्माता सुनिल मानन्धर भन्छन्, 'फिल्मका लागि कुनै पनि कुरामा सम्झौता गरिएको छैन । हरेक गीतका लागि सेट तयार बनाइएको छ ।' खास सुटिङ लम्बेर पनि खर्च बढेको उनी बताउँछन् । यो चलचित्रलाई ब्राण्डको रुपमा लैजान पनि खुलेर नै खर्च गरिएको उनको भनाई छ ।

फिल्म उपत्यका टेरिटोरीको मेजर स्टेशन सहित २० पर्दामा लाग्दैछ । एक्लो रेसमा रहेको र सम्भवत धेरै नै स्टेशन पाएको यो फिल्मले केही हप्तादेखी फिल्मबाट सन्तुष्ट नभएका दर्शकहरुको सुरुमा साथ पाउने भने पक्का छ । १८ गते विहिवार देखी मोसफल टेरिटोरीमा ५० पर्दामा लाग्ने यो फिल्म मोसफलको ठूलो हिस्सा साथ पाएका कारण पनि थप विजनेस गर्ने छ । १२ गतेदेखी उपत्यका र १८ गतेदेखी मोसफलमा लाग्ने यो फिल्मले रिलिजको ९ दिनमा ४ दिन विदा पनि पाएको छ । १३ गते र २० गते शनिबार छ भने १८ गते रक्षाबन्धन तथा १९ गते गाइजात्रा यो विदाका कारण पनि फिल्मको विजनेस ग्राफ उकालो लाग्ने पक्का छ । अर्को हप्ता पनि जंगल लभ बाहेक अर्को फिल्मको अहिलेसम्म रिलिज डेट पक्का भएको छैन । त्यसैले मायाज बारको बिजनेस पनि कुरेका छन् धेरै निर्माता निर्देशकहरुले ।

यो फिल्मलाई मोसफलमा संसार आफ्नैले विजनेशमा असर भने पुर्याउँछ । १८ गते संसार आफ्नै लाग्ने पक्का जस्तै छ । अर्का हप्ता पनि अरु फिल्म लागेन भने ओरल पब्लिसिटीमा भरपर्ने दर्शकहरु तानिने सम्भावना हुन्छ । नेपालको प्रदर्शनले मात्र फिल्मको लगानी रिकभरमा हम्मे हम्मे पर्छ त्यसैले निर्माताको दाउ डायस्पोरा रिलिजमा छ । डायस्पोराबाट कम्तीमा ५० लाख उठाउनु पर्ने हुन्छ । फिल्मले अहिले नै अमेरिकामा १५ लाख, अष्ट्रेलियामा ७ लाख, यूकेमा ५ लाख, कतारमा ३ लाखको सम्झौता पाइसकेको छ । त्यस्तै मलेशिया, दुबई, इजराल, ब्रुनाईको प्रस्ताव स्विकार्ने हो भने डायस्पोराको लक्ष्य पनि पुरा हुन्छ त्यस बाहेक अन्य देशमा पनि यसको माग आउँछ र अरु विजनेस पनि बढ्छ । फिल्मको डिभिडी राइटका लागि १२ लाखको अन्तिम सम्झौता हुन बाँकी छ । यसले पनि फिल्मलाई राहत प्रदान गर्दछ ।
यो फिल्मलाई मोसफलमा संसार आफ्नैले विजनेशमा असर भने पुर्याउँछ । १८ गते संसार आफ्नै लाग्ने पक्का जस्तै छ । अर्का हप्ता पनि अरु फिल्म लागेन भने ओरल पब्लिसिटीमा भरपर्ने दर्शकहरु तानिने सम्भावना हुन्छ । नेपालको प्रदर्शनले मात्र फिल्मको लगानी रिकभरमा हम्मे हम्मे पर्छ त्यसैले निर्माताको दाउ डायस्पोरा रिलिजमा छ । डायस्पोराबाट कम्तीमा ५० लाख उठाउनु पर्ने हुन्छ । फिल्मले अहिले नै अमेरिकामा १५ लाख, अष्ट्रेलियामा ७ लाख, यूकेमा ५ लाख, कतारमा ३ लाखको सम्झौता पाइसकेको छ । त्यस्तै मलेशिया, दुबई, इजराल, ब्रुनाईको प्रस्ताव स्विकार्ने हो भने डायस्पोराको लक्ष्य पनि पुरा हुन्छ त्यस बाहेक अन्य देशमा पनि यसको माग आउँछ र अरु विजनेस पनि बढ्छ । फिल्मको डिभिडी राइटका लागि १२ लाखको अन्तिम सम्झौता हुन बाँकी छ । यसले पनि फिल्मलाई राहत प्रदान गर्दछ ।वितरकबाट निर्माता बनेका सुनिल मानन्धरको आफ्नै फिल्म भएको कारण ३५ प्रतिशतमा उनलाई चित्त बुझाउनु पर्देन किनकी वितरकको १५ प्रतिशत उनकै हो यसको मतलब ५० प्रतिशतमा सुरक्षित रहेका उनी आफ्नै समन्वयका कारण देशहरुको हलबाट थप फाइदामा हुनेछन् । फिल्म चलाउन निर्देशक डिनेश डिसीको पर्सनालिटीले पनि फाइदा पुग्छ । पाँच बर्ष पछिको कमव्याक भएका उनी यो फिल्मबाट बढि आशावादी छन् । फिल्ममा रियालिटी शोबाट उदाएका नायक गजित विष्टको डेब्यू छ । खोजी प्रतिभाबाट आएका यी तन्नेरीको अभिनयको कौशल टेलिभिजन दर्शकले मन पराइसकेका छन् । त्यसैले टेलिभिजन दर्शक पनि फिल्मको दर्शक पनि स्वत बन्नेछन् । यस बाहेक खोजी प्रतिभाको प्लेटफर्म पनि मायाज बारको पब्लिसिटीका लागि प्रयोग गरिएको थियो । यसले पनि प्रभाव बढाउने छ ।
फिल्ममा निशा अधिकारी, करिस्मा मानन्धर, राजेश हमाल, नगेन्द्र रिजाल, विश्वका कान्छा फोटोग्राफर रिरेन्द्र श्रेष्ठको अभिनय छ । फिल्ममा करिस्मा मानन्धर सिनियर डान्सर हुन्छिन् भने उनले नै निशा अधिकारीलाई बारमा ल्याउने काम गर्छिन् । गजित विष्ट व्यावसायिक बक्सर हुन्छन् । निशा र गजितले एक अर्काको पेशा मन नपराउने विचको कथा यसका बुनिएको छ । फिल्ममा राजेश हमाल क्लब र बार चलाउने डन हुन्छन् । फिल्मले सबै वर्गको दर्शकलाई तान्न सक्ने अपेक्षा छ । तर विजनेसको कुरामा मायाज बारलाई गार्हो हुन्छ । फिल्म ब्लकबष्टर भए पनि लगानी रिकभरमा गार्हो छ । १ करोड ३५ लाख बजेटको यो फिल्मले ३ करोडभन्दा बढि व्यापार गर्नुपर्ने हुन्छ । पछिल्लो पटक चलेका चलचित्र लुट, चपली हाइट र सायद पनि ३ करोडको व्यापार भने नाघेका छैनन् ।





अर्काको भाग खोस्दिन भन्दा मेरै खोस्न थाले : सुमन सिंह

बुधबार पुतलीसडक स्थित एक स्टुडियोमा फिल्म 'ॐ' को डबिङ गर्ने क्रममा भेटिएका सुमन सिंहले आफ्ना मनका पिडाहरू फिल्मीखबर समक्ष खोले । उनले आफूमाथी लागेका आरोपहरूको पनि खण्डन गरे ।

लय संग्रौलाको टेलिफिल्म 'क्याटमाण्डू' बाट कलाकार बनेका सुमनले हालसम्म थुप्रै फिल्ममा अभिनय गरिसके तर पनि उनलाई सफल हिरोको रूपमा मिडियाले लिएन । सुमन दु:ख व्यक्त गर्दै भन्छन्, 'म कम बोल्ने भएकाले मिडियामा खासै नआएको हो तर मलाई दर्शकले हरपल माया गर्नु भएको छ र मेरो फिल्मलाई मन पराईदिनु भएको छ त्यसैले म आफूलाई असफल भनेर भन्दिन ।' दर्शकको माया नपाएको भए आफू पहिल्यै पलायन हुनसक्ने सुमनको भनाई छ ।

जो चल्दैन उसले काम पनि पाउँदैन भन्ने मान्यता राखेका सुमनले आफू चलिरहेकाले व्यस्त पनि भएको बताए । उनले भने, 'मैले काम पाईरहेको छु त्यसैले म चलिरहेको छु । मात्र यति हो कि म मिडियामा कम आउँछु ।' मिडियामा कम आउनुको कारण खोल्दै सुमनले भने, 'अभिनय नै नजान्ने मान्छेलाई लय दाईले कन्फिडेन्टका साथ ल्याउनु भयो । त्यसपछि दिनप्रतिदिन काम पाउँदै गएँ तर मिडिया सामु बोल्न डराउँथें । कतै मैले बोल्दा नराम्रो हुन्छ कि भनेर सकेसम्म नबोली बस्थें सायद त्यहि भएर होला म मिडियासामु नचल्ने हिरो भएको ।'

कुनैबेला राजेश हमाल, शिब श्रेष्ठ, भुवन केसी, निखिल उप्रेती, बिराज भट्ट लगायतका सिनियर कलाकारको व्यस्तता र क्रेज देखेर लोभिने सुमन अहिले आफू व्यस्त हुनु र दर्शकको माया पाउनुलाई आफ्नो काम प्रतिको लगाव, मेहनत र अग्रजहरूले देखाएको बाटोमा लाग्नु रहेको बताउँछन् । राजेन्द्र खड्गीले रणसंग्राममा मुख्य भुमिका दिएपछि अहिलेसम्म पछाडी फर्केर हेर्न नपरेकोले राजेन्द्र प्रति आभार व्यक्त गर्दै सुमनले भने, 'बेला बेला आफ्नै नजिकका साथीहरूले धोका दिंदा भने सार्‍है दु:ख लाग्छ ।' उनी थप्छन्, 'मैले कहिल्लै अर्काको भाग खोस्न जानिन तर अरूले भने मेरो भाग खोस्दा दु:ख लाग्छ ।'

नेपाली फिल्मलाई बिश्व बजारमा पुर्‍याउनुपर्छ भन्ने मान्यता राख्दै सुमन अहिले आफू पनि सो मार्केट खोज्न लागि परेका छन् । उनी भन्छन्, 'मैले जानेको बुझेको यहि क्षेत्र हो त्यसैले यो क्षेत्रको विकासका लागि ग्लोबल मार्केटको खोजीका लागि म आफै पनो पहल गर्दैछु ।' आफ्नै पहलमा दुबईमा थुप्रै नेपाली फिल्म रिलिजको क्रममा रहेको बताउँदै सुमनले उक्त कार्यलाई निरन्तरता दिने बताए । सुमनले अभिनय गरेका ॐ, ब्ल्याक मेल र रंग जस्ता आशलाग्दा फिल्म यहि भाद्र महिनामा रिलिज हुँदैछन् ।

कमजोर मुटु भएकाले नहेर्नुस् `फुलस्टप` : बिनिता बराल

सावधान ! यदि तपाईंको मुटु कमजोर छ या मुटुको रोगी हुनुहुन्छ भने फिल्म 'फुलस्टप' नहेर्नुहोला । फिल्मकी मुख्य पात्र बिनिता बरालले नै भनेकी छिन्, 'यदि तपाईंको कमजोर मुटु छ भने फुलस्टप नहेर्नुहोला ।'

फिल्ममा 'भ्वायलेन्स' धेरै भएकाले यो फिल्म हेर्न मुटु निकै दर्हो बनाउनु पर्ने बिनिताको भनाई छ । 'चपली हाईटमा नै 'भ्वायलेन्स' भएका कारण एडल्ट सर्टिफिकेट पाएको थियो यसमा त झन् धेरै 'भ्वायलेन्स' छ त्यसैले सेन्सरले पक्कै एडल्ट सर्टिफिकेट दिन्छ', बिनिताले भनिन्, 'हामी पब्लिसिटी सामाग्रीमा पनि मुटुको समस्या हुनेले फिल्म नहेर्नुहोला भनेर जानकारी गराउने भएका छौं ।'

भाद्र ८ गतेबाट १५ गतेका लागि रिलिज पोस्टपोण्ड गरिएको सो फिल्मलाई कमलकृष्ण पौड्यालले निर्देशन गरेका हुन् । मोहनकृष्ण श्रेष्ठ, गजेन्द्र रञ्जित र बेनीज्योती गुभाजुले संयुक्त रूपमा निर्माण गरेको सो फिल्ममा बिनितालाई सबिन श्रेष्ठले साथ दिएका छन् । भाद्र ८ मा बिन्दास र रूद्राक्ष फिल्म पनि लाग्ने भएकाले तीन वटा नजुधाउने अभिप्रायले डेट सारिएको निर्माता बेनीले बताए । उनले भने, 'बिन्दासका निर्माता मधुकुमार श्रेष्ठले नजुधाउन आग्रह गर्नु भयो र हामीले १५ गतेका लागि राम्रो हल पनि पायौं त्यसैले सारेका हौं ।'

फिल्ममा निर्देशक कमलकृष्णको संगीत, कृष्ण श्रेष्ठको छायाँकन, साईमन राजबंशीको करियोग्राफी, चन्द्र पन्तको द्धन्द तथा नम्सको लेखन रहेको छ ।

माओवादी विस्तारित बैठकमा कुटाकुट,प्रचण्डमाथि कुर्सी प्रहार News: Mawobade baithak ma kutakut

एकीकृत नेकपा माओवादीको जारी विस्तारित बैठकमा दुई पक्षबीच तनाव हुँदा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि कुर्सी प्रहार भएको छ । पार्टी उपाध्यक्ष एवं प्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि प्रचण्ड पक्षधरका जनार्दन शर्भा प्रभाकरले हातपात गर्न खोजेको भन्दै भट्टराई पक्षका कार्यकर्ताले प्रचण्डलाई कुर्सीले हिर्काएका हुन् । तनाव बढेका कारण बैठक स्थगित गरिएको छ । स्रोतका अनुसार भोजपुरा राज्य समितिको टोली नेता बनाउने विषयमा विवाद भए पछि जनार्दन शर्मा र प्रभु शाह बिच कुर्सी हानाहान भएको हो । एउटा टोली नेता बनाएकोमा अर्कोलाई बोलाएकोमा विवाद भएको बुझिएको छ । यसैबीच, बैठकको समाचार संकलनका लागि रोक लगाइएको छ । समाचार संकलनका लागि पुगेका पत्रकारहरुलाई बैठक स्थल भृकुटी मण्डपको गेटमै रोकिएको छ । यसअघि संचारकर्मीहरुले भृकुटीमण्डपमा सहज पहुच पाएका थिए । पार्टी भित्रको आन्तरिक विवाद मिडियामा धेरै आएकोले सञ्चारकर्मीलाई गेटमै रोकिएको माओवादी स्रोतले जनाएको छ । बैठकको बन्द सत्रमा समूह छलफल र टोली नेताहरुले बोल्ने क्रम जारी छ । अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको दस्तावेज उपर १४ वटा समूहका टोली नेताले धारणा राख्ने क्रम चलिरहेको थियो । हिजो ७ समूहका टोली नेताले बोलेका थिए बाकीले आज बोल्ने क्रम थियो । यस अघि गत बुधबार पुर्व लडाकुहरुको अवरोधका कारण बैठक स्थगीत भएको थियो ।

प्रचण्डलाई कुर्सी हान्ने अस्पतालमा

एकीकृत नेकपा माओवादीको जारी विस्तारित बैठकमा दुई पक्षबीच तनाव हुँदा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि कुर्सी प्रहार भएको छ । पार्टी उपाध्यक्ष एवं प्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि प्रचण्ड पक्षधरका जनार्दन शर्भा प्रभाकरले हातपात गर्न खोजेको भन्दै भट्टराई पक्षका कार्यकर्ताले प्रचण्डलाई कुर्सीले हिर्काएका हुन् ।
प्रत्यक्षदर्शी एक नेताका अनुसार प्रभाकर र लोकेन्द्र विष्ट मगरले भट्टराईलाई समातेर मञ्चबाट नउठ्न दबाब दिएका थिए । पहिले कुट्न खोज्ने र पछि समातेरै अंठ्याएको भन्दै भट्टराई पक्षधर नेताहरु आक्रोशित भए । बैठक स्थगित भनेर नेताहरु बाहिरिन लाग्दा बझाङतिरका भट्टराई पक्षका एक प्रतिनिधिले प्रचण्डलाई पछाडिबाट कुर्सीले बजाए । प्रचण्डको ढाडमा कुर्सीले लागेको प्रत्यक्षदर्शी ती नेताको भनाई छ ।
अध्यक्षमाथि कुर्सी हान्नेलाई वाईसीएलका कार्यकर्ताले कुटपीट र लछारपछार गरेका थिए । वाईसीएलको कुटाईबाट घाइते भएका उनलाई एम्बुलेन्समा हालेर उपचारको लागि अस्पताल लगिएको छ ।
नेतामाथि हातपातको प्रयास भएपछि कार्यकर्ताहरुबीच कुर्सी र हात हालाहाल भएको थियो । हूलमूलमा कसले कसलाई हिर्कायो, पत्तो नभएको ती नेताले अनलाइनखबरलाई बताए । अहिले स्थिति साम्य भएपनि बैठकमा भाग लिन गएका प्रतिनिधि रनभूल्लमा परेका छन् ।

बौद्ध धर्मावलम्बीहरुले मनाउने गुँला पर्व सुरु Gullah Festival Begins

काठमाण्डौ, ५ साउन। आजदेखि नेवार समूदायको सांस्कृतिक पर्व गुँलाः मनाईदैछ । हरेक विहान गुँलाः बाजा बजाउँदै स्वयम्भू महाचैत्यका साथ बौद्ध मन्दिर तथा विहारको परिक्रमा गरेर पर्व सुरु गरिन्छ । काठमाडौको स्वयम्भू महाचैत्यको दर्शन परिक्रमापछि शोभाभगवतीसँगैका विजयश्वरी, केलटोलस्थित सेतो मत्स्येनारायणको पनि परिक्रमा गरिन्छ ।
शाक्यमुनि गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको पवित्र महिनाको रूपमा साउन शुक्ल प्रतिपदाका दिनदेखि एक महिनासम्म गुँला पर्व मनाउने गरिन्छ । पर्वका अवसरमा आजदेखि स्वयम्भू पर्वतमा मेला लाग्ने गर्छ । नेवारी भाषामा ‘गुँ’ को अर्थ नौ हो भने ‘ला’को अर्थ महिना भएकोले नेपाल संवत्को नवौँ महिनाको पारु तिथि यो पर्व मनाउने गरिन्छ ।
हीनयान, महायान र बज्रयान तीनै समुदायका बौद्ध अनुयायीले आफ्नो परम्परागत संस्कृतिको संरक्षण एवम् बुद्ध प्रतिको आध्यात्मिक आस्थाले प्रेरित भएर दिनहुँ बिहान स्नान गरी बाजागाजा सहित स्त्रोत्र पाठ गर्दै स्वयम्भू महाचैत्य, प्रतापपुर, अनन्तपुरलगायतको दर्शन गर्ने र त्यस आसपास क्षेत्रको सम्पूर्ण तीर्थस्थलको परिक्रमा गर्ने प्रचलन रहेको छ ।
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. HamroHDVideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger