Latest Movie :

शंकरले जुराए `लभ फरइभर`

स्टेजबाट कलाकारिता सुरू गरेका शंकर आचार्यले आफूले निर्देशन गर्ने फिल्मको नाम 'लभ फरइभर' जुराएका छन् । सोमबार काठमाडौँको ए वान म्युजिसियन स्टुडियोमा गीत रेकर्डिङमा भेटिएका शंकरले प्रेमकथामा आधारित रहेर उक्त नाममा फिल्म निर्माण तथा निर्देशन गर्न लागेको बताए ।

चेतन सापकोटाको संगीतमा अञ्जु पन्तले गीत रेकर्ड गरिरहेको अवस्थामा फिल्मीखबरसँग कुरा गर्दै शंकरले भने, 'स्टेज नाटक, टेलिफिल्म र फिल्मबाट पाएको अनुभवले फिल्म निर्देशन गर्ने निर्णय गरेको हुँ ।' दर्जनौं नाटक र टेलिफिल्मको निर्देशन तथा अभिनय गरेका शंकरले यसै फिल्मबाट आफ्ना छोरा राज आचार्यलाई नायकको रूपमा प्रस्तुत गर्दैछन् । राज तितो सत्यमा दीपकराज गिरीको छोरा बनेर अभिनय गर्ने कलाकार हुन् ।

फिल्ममा राज बिशेष भुमिकामा देखिने छन् भने मुख्य भुमिकामा मायाज बार हिरो गजित बिष्ट, निरज बराल र सुमिना घिमिरे रहनेछन् । साउन २५ गतेबाट काठमाण्डौमा नै फिल्मको सुटिङ शुरू हुने बताईएको छ । जम्मा दुई वटा गीत समावेश गरिने सो फिल्ममा अञ्जु पन्तको साथमा दुर्गा खरेल र चेतन सापकोटाको स्वर रहनेछ ।  फिल्मको कथा शंकर स्वयंले लेखेका हुन् भने छायाँकन निरज कँडेल, द्धन्द सूर्य थोकर, करियोग्राफी गम्भिर बिष्ट तथा प्रोडक्सन बुद्धिलाल मगरको रहनेछ ।
Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. HamroHDVideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger