Latest Movie :

मायाज बार बाट उत्साहित निर्देशकले अर्को २ फिल्म बनाउने



काठमाडौँ, साउन १८ - गत शुक्रबार देखि उपत्यकामा प्रदर्शनमा आएको चलचित्र मायाज बारले रेकर्ड तोड्दै आफ्नो व्यापारलाई अग्रस्थानमा कायम गरेको छ । शुक्रबार र शनिबार सबै हलहरुमा एक शो बाहेक सबै सो हाउसफूल भएका थिए । काठमाडौंको १९ चलचित्र हलहरुमा प्रदर्शित चलचित्र मायाज बारले दुई दिनमा ३५ लाखको कलेक्सन गरेको थियो भने त्यसपछि आइतबार ५ लाख, सोमबार ६ लाख र मंगलबार ६ लाख ५० हजार व्यापार गर्न सफल भयो । कुमारी सिनेमा हलमा पहिलो शनिबार नै हाउसफूल भएको यो पहिलो नेपाली चलचित्र भएको हल व्यवस्थापनले बताएको छ भने विश्वज्योतिले शनिबारको दिन दुई लाख १५ हजारको व्यापार गरेको अढाइवर्षपछि रेकर्ड भएको बताएको छ । बालाजु बेल्टले दुई दिनमा ६ लाख कलेक्सन गरेको र अष्टनारायणले कुनै पनि नेपाली चलचित्रको इनिसियल रेकर्ड तोडेको कुरा हलका प्रोप्राइटर त्रिरत्नजीले बताए । विश्वज्योति, अष्टनारायण, गोपी र कलंकीमा धेरै लामोसमयपछि नेपाली चलचित्रले रात्रीकालिन प्रदर्शन पनि लगातार गरेको छ भने कुमारी चलचित्र भवनले आफ्नो लगातार भइरहेको दुइ शोबाट मायाज बार प्रदर्शनपश्चात् तीन शो गरेको छ ।

दोस्रो हप्ता आफ्नो प्रदर्शनको सुनिश्चितता कायम भएको यो घडीमा उपत्यका बाहिर नारायणगढ र हेटौंडाले भने प्रदर्शन मितिभन्दा एक दिन अगावै दर्शकको मागलाई मध्यनजर गर्दै मायाज बारलाई प्रदर्शनमा ल्याएको छ भने मोफसलको अन्य शहरहरुमा १८ गते जनैपूर्णिमाको दिनबाट यो चलचित्र प्रदर्शनमा आउँदैछ । अन्य चलचित्रको कलेक्सनको सुपरहिट भए पनि मायाज बारको लगानी धेरै भएको कारण अर्को हप्ता व्यापारपछि मात्रै चलचित्रको रेटिङ गर्ने कुरा चलचित्रका निर्माता सुनिल मानन्धरले जानकारी दिएका छन् । अत्याधिक दर्शकहरुको सकारात्मक प्रतिक्रियाले उत्साहित रहेका निर्देशक दिनेश डिसीले एक साता को पोखरा भ्रमण पछाडि आगामी चलचित्र हिरोइन र प्यासका लागि काम सुरु गर्ने बताएका छन् ।
Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. HamroHDVideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger