Latest Movie :

बिहान बेलुकी काम गर्नेमा मुटु रोगको खतरा बढी

साउन १२ - दिउँसो भन्दा बिहान बेलुकी काम गर्नेहरुमा मुटु रोगको खतरा बढी हुने एक अध्ययनले देखाएको छ । बेलायतको ब्रिटिश मेडिकल जर्नलले गरेको अध्ययनले बिहान बेलुकी काम गर्दा उनीहरुको जीवनशैलीमा समेत प्रतिकुल असर पर्ने देखाएको बीबीसीले छ । अनुसन्धानकर्ताहरुका अनुसार बिहान बेलुकी काम गर्ने २३ प्रतिशतलाई हृदयाघात, २४ प्रतिशतलाई मुटुको धमनीमा समस्या र ५ प्रतिशतलाई मुटुको धड्कनमा समस्या हुने खतरा हुन्छ ।

नर्वे र क्यानडाका अनुसन्धानकर्ताहरुले ३४ वटा अध्ययनको संयुक्त बिश्लेषण गरी बिहान बेलुकी काम गर्नेहरुले खानपानलाई समेत व्यवस्थित नगर्ने पाईएकाले मुटुको समस्या देखिने बताएका छन् । यसरी काम गर्नेहरुलाई उच्च रक्तचापको पनि उत्तिकैै खतरा हुने विश्लेषकहरुको भनाई छ । खानेकुरामा ध्यान दिए र चुरोटको सेवन नगरे मुटु स्वस्थ राख्न सकिने विज्ञहरुले बताएका छन् ।
Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. HamroHDVideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger