Latest Movie :

हिरोईनले नै पाईनन् आफ्नै फिल्मको टिकट

निर्माता सुनिल मानन्धरले गरेको पूर्व दावी अनुसार मायाज बारले आज १९ वटै हलमा हाउसफूल विजनेश गर्दे पहिलो दिनको कलेक्सन रेकर्ड तोडेको छ । हिजो शुक्रबार सो फिल्मले १२ लाख माथिको ब्यापार गरेको थियो भने आज २० लाख बढीको ब्यापार गरेको छ ।

दुई वटा हल पाएको गोपीकृष्ण मुभिजको ८ सय सिट खचाखच भएपछि सय बढी दर्शक फर्किएका थिए भने फिल्मको टिकट व्ल्याकमा बेचिरहेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ समेत गरेको बताईएको छ । फिल्मका निर्देशक दिनेश डिसीका अनुसार व्ल्याकमा टिकट बेचिरहेको अवस्थामा प्रहरीले रंगेहात पक्राउ गरेको हो । यस्तै अष्टनारायणको करिब १५ सय सिट क्षमताको दुई अडिटोरियममा सम्पूर्ण शो हाउसफुल भएको हल सञ्चालक त्रिरत्न मानन्धर बताउँछन् । मानन्धरका अनुसार अष्टनारायणमा पनि सिट नपाएपछि दर्शक फर्किएका थिए ।

उता प्रमुख मल्टीप्लेक्स हलको सूचिमा दर्ता भएको क्यूएफएक्स अर्न्तगतको कुमारीमा पनि बेलुकीको शो हाउस फुल भएको थियो । मायाज बार हेर्न कुमारीमा पुगेका निर्देशक बिजय बस्नेत टिकट नपाएपछि घर फर्किएका थिए । यति सम्मकी दर्शकको घुईंचो बढेपछि हिरोईन निशा अधिकारीले समेत आफ्नै फिल्म हेर्न पाईनन् । रिलिजको अघि अघिल्लो दिन सिनेजोन ल्यावको सानो स्क्रिनमा फिल्म हेरेकी निशाले ठूलो पर्दामा आफ्नो कामलाई नियाल्न पाएकी छैनन् । प्रोमोशन टाईमा ट्रेकिङ गएर मज्जा लुटेकी उनी हिजो देखि भने मायाज बारको प्रोमोशनका लागि विभिन्न मिडिया धाएकी छिन् ।

निशाले मात्र हैन शो हाउसफुल भएपछि फिल्मकी अर्की हिरोईन करिश्मा मानन्धर र पहिलो पटक पूर्ण रुपमा नेगेटिभ रोलमा दर्शकमाझ देखिएका महानायक राजेश हमाललाई पनि मायाज बार यूनिटले फिल्म देखाउन पाएको छैन । आउदो हप्तादेखि मोफसलका झण्डै पचास हलमा लाग्ने मायाज बार मोफसलका दर्शकमाझ पनि प्रतिक्षित फिल्म बनेको बुझिएको छ । ईनिसियल विजनेस उकालिएपछि एक करोड ३५ लाख लागतको सो फिल्मको राजधानी रिलिजबाट मात्रै ५० लाख शेयर आफ्नो हातमा आउने निर्माता मानन्धरले विश्वास ब्यक्त गरेका छन् ।

मायाज बार मुख्य मल्टिप्लेक्स मानिने क्यूएफएक्स सेन्ट्रल र बिग सिनेमा हलमा रिलिज भएन । क्यूएफएक्स सेन्ट्रलमा हिन्दी र अंग्रेजी फिल्मले नै शो भरेपछि मायाज बारका लागि शनिबारको कलेक्सनमा धक्का पुग्यो । भोली आईतवारबाट भने सेन्ट्रलमा पनि मायाज बारले केहि शो पाउने बताईएको छ । यता कमलपोखरीको बिग सिनेमामा भने मायाज बार लगाईएन । किन फिल्म लगाईएन कारण खुलेको छैन ।
Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. HamroHDVideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger