Latest Movie :

करेन्ट लागेर मृत्यु

तेह्रथुम, साउन १३ - तेह्रथुम साब्लाको हलिमेलामा शुक्रवार राति करेन्ट लागेर एक युवाको ज्यान गएको छ । हलिमेलामा सिलाई–कटाई ब्यवसाय गर्दै आएका २९ बर्षिय हेमबहादुर नेपालीको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ । राति बिजुलीको स्विच अफ गर्ने क्रममा करेन्ट लागेका नेपालीको राति नै ज्यान गएको प्रहरी नायव निरीक्षक विष्णुबहादुर खड्काले जानकारी दिनुभयो । पौंठाक ७ घर भएका नेपाली दुई वर्षअघिदेखि साब्लाको हलिमेलामा सिलाई कटाई ब्यवसाय गर्दै आउनुभएको थियो ।

मृतक नेपालीका एक छोरा, एक छोरी र श्रीमती छन् ।
Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. HamroHDVideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger