Latest Movie :

पाल्पामा भएको गाडी दुर्घटनामा १४ को मृत्यु

देव पचभैया/उज्यालो । पाल्पा, साउन १३ - पाल्पाको जोर्तेमा निजी गाडी दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ । २ जना गम्भीर घाइते भएका छन् । पाल्पा गुल्मी सडकखण्डको देउराली गाबिसमा पर्ने जोर्तेमा गाडी सडकबाट कुरुङ्ग खोलामा खस्दा ज्यान गुमाउनेको परिचय भने खुलिनसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मृतक मध्ये एकजना भारतीय मुलका चालक र बाँकी नेपाली मुलका रहेको स्थानीयवासिन्दाले जनाएका छन् । स्थानीय ज्ञानेन्द्र गैरेका अनुसार १४ जनाकै शव खोलाबाट निकाल्ने काम भइरहेको छ । भारतबाट बाबुको काजकिरिया गर्न घर आएका एकै परिवार र छिमेकीहरु दुर्घटनामा परेको हुन सक्ने अनुमान गरिएको छ । बिहान साढे सात बजेतिर स्थानीयवासिन्दाले देखेपछि दुर्घटनाबारे प्रहरीलाई खबर गरेका थिए । घाईतेलाई उपचारका लागि मेडिकल कलेज प्रभास लगिएको छ ।
Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. HamroHDVideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger