Latest Movie :
Recent Movies

दुई अधिकारीको मुटु सार्वजनिक

प्रेम कथामा आधारित रहेर निर्माण गरिएको केकी अधिकारी र बिम्लेश अधिकारी अभिनित फिल्म 'मुटु' को पोस्टर सार्वजनिक गरिएको छ । हाल पोष्ट-प्रोडक्सनमा रहेको सो फिल्ममा दुई अधिकारी जोडीको साथमा मुकेश आचार्य र बालकलाकार सुप्रिम शाहको पनि मुख्य भुमिका रहेको छ ।

१४ बर्षको अमेरिका बनबास पछि नेपाल आएर 'मुटु' को निर्माण तथा निर्देशन गरेका सूर्य बोहोराले संसारभर छरिएर रहेका नेपालीहरूको कथाकोलाई फिल्ममा उतारेको बताए । उनले भने, 'सामाजिक परिवेशमा रहेर निर्माण गरिएको संघर्षमय प्रेमकथा हो मुटु ।' अग्नि परिक्षा र कान्छो फिल्म बनाएर अमेरिका हानिएका सूर्यले फिल्मको नशाले पुन: सक्रिय बनाएको बताए ।

दुई फिल्म अल्लारे बेलामा बनाएको भए पनि दर्शकको राम्रो माया पाएको बताउँदै अहिलेको फिल्म भने पढेर र बुझेर निर्माण गरेकाले दर्शकले रूचाउनेमा सूर्यले बिश्वास व्यक्त गरे । अगस्टको दोस्रो साता तिर अमेरिकामा प्रदर्शन गरि बिश्वका अन्य केहि मुलुकमा फिल्मलाई प्रदर्शन गरेर तिहार पछि मात्र नेपालमा रिलिज गर्ने उनको योजना छन् । उनी भन्छन्, 'यो नेपाल बाहिर रहेका नेपालीको पिडाको कथा हो त्यसैले शुरूवाती प्रदर्शन बिदेशबाट नै गर्नेछु ।'

निर्देशक बोहोराकै लेखन रहेको सो फिल्म करिब ५० लाखको लागतमा निर्माण गरिएको बताईएको छ । हाल फिल्मको पोष्ट-प्रोडक्सनमा व्यस्त रहेका सूर्यले नोभेम्बरमा 'ठूली-डेड अर अलाईभ' नामक फिल्म निर्माण गर्ने बताए । सो फिल्मको ३० % अमेरिका र बाँकी नेपालमा सुटिङ गर्ने उनको योजना छ । फिल्म मुटुमा बसन्त सापकोटा र सुरेन्द्र शाहको संगीत, शेरबहादुर लामाको छायाँकन, गम्भिर बिष्ट र सुरेन्द्र शाहको करियोग्राफी तथा सूर्य थोकरको द्धन्द रहेको छ । मित्र देब गुरूङले फिल्मको सम्पादन गरेका हुन् भने पब्लिसिटी डिजाईनर सुजन राज बाँनिया हुन् ।

रेखा र रागिनीको रक्षा बन्धन विशेष

हुन त रेखा थापाले दुई बर्ष अघिनै यो फन्डा मचाईसकेकी थिईन् तर गत बर्षको भाईटिका र रक्षा बन्धनमा भने उनले सो निरन्तरतालाई अगाडी बढाउन सकिनन् । फेरी एक बर्षे ग्याप पश्चात रेखाले काठमाण्डू उपत्यकाका वाईसिएल ईन्चार्ज चन्द्र बहादुर थापा उर्फ सागरलाई आफ्नो हातले राखि बाँधिदिईन् ।

रेखालाई थाहा छ राखिको कल्चर हाम्रो हैन तर माया प्रेम साट्ने यो पवित्र दिनलाई उनी उसको र हाम्रो भन्न रुचाउदिदन् त्यसैले उनले वाईसिएल ईन्चार्ज थापालाई खुला हृदयले राखि बाँधिदिकी हुन् । 'मेरो दुई दाई मोरङमा रहेकाले उहाँरुको हातमा राखि बाँध्न नपाएपनि सागर दाईलाई बाँधिदिएपछि मन हलुका भएको छ', रेखाले फिल्मीखबरसंगको कुराकानीमा भनिन् । उनले चाबहिल मित्रपार्क मेन हाईवेमा किनेको नयाँ फ्ल्याटमा आफ्नी आमाको उपस्थितिमा सागरलाई राखि बाँधिदिएकी हुन् ।

गत बर्ष सागरको परिवारमा जुठो परेका कारण भाईटिका समेत ब्रेक भएको उनीहरुको सम्बन्ध तेर्‍ह दिने दाजुबहिनीको पनि रहेको बताईएको छ । हिरो फेर्ने हिरोईनको ट्याग चेन्ज हुँदै दाई फेर्ने हिरोईनको रुपमा समेत परिचय बनाएकी रेखाले गत बर्ष डान्स डाईरेक्टर शंकर विसी तथा निर्देशक कमलकृष्ण पौडेललाई नयाँ दाई बनाएकी थिईन् तर ती दाईहरुले यो राखिमा आफूलाई नसम्झिएको रेखाले बताईन् । 'खै उहाँहरुले आज सम्झनु भएन तर सागर दाईले अस्ति देखि राखि बाँध्ने भनी रहनु भएको थियो अनि मैले बाँधिदिए', रेखाले भनिन् ।

रेखाले विगत एक दशक देखि हेयर ड्रेसर लोकेश थापालाई पनि आफ्नो दाई बनाउदै आएकी थिईन् तर विगत ३ बर्ष देखि रेखाको भाईटिका तथा राखि उनीसंग हुन छाडेको छ । 'सायद मेरा दाईहरुको धेरै नै बहिनीहरु छन् होला त्यसैले मसंग निरन्तरता नभएको', रेखाले भनिन् । पति छवि ओझासंगको डिभोर्स काण्ड सेलाएको अवस्थामा केही मौन रहेकी रेखा छवि ओझाको नयाँ प्रोडक्सन कम्पनीबाट बन्न लागेको फिल्म हमेसामा खेल्ने करिब निश्चित भएको छ ।
यस्तै आजै अर्की हिरोईन रागिनी खड्गीले नयाँ दाई बनाएकी छिन् । डेब्यू फिल्म प्लानमा काम गर्दादेखि भएको चिनजान दुईपश्चात औपचरिक रुपमा दाजु बहिनीको सम्बन्धमा परिणत भएपछि रागिनी दङ्ग छिन् । 'सिक्स फिट लाईफ' को सुटिङ सकिएको रेष्टमा रहेकी रागिनीले प्लानका कलाकार ध्रुव न्यौपानेलाई आफ्नो नयाँ दाई बनाएकी हुन् । 'उहाँको पुर्ख्यौली घर पनि हेटौंडा र मेरो पनि हेटौंडा भएकाले एक किसिमको निकटताले हामीलाई दाजु बहिनी बनायो', रागिनीले नयाँ दाई बनाएको बिषयमा भनिन् ।

रागिनीले आफ्ना दुई भाईका साथमा नयाँ दाई धुब्रलाई राखि बाँधिदिदै मनग्य उपाहार लिएको बताईन् । केही फिल्म र म्यूजिक भिडियोमा कलाकारिताको स्वाद लिएका धुब्र निर्माताको रूपमा टर्न हुँदैछन् । उनले पनि प्लानमा काम गर्दा देखि नै रागिनीलाई बहिनी भन्दै आएको तर आज औपचारिक रुपमा बहिनी भन्दै राखि बाँधेको बताए । धुब्रले अबको हरेक राखि र भाईटिकामा रागिनीसंगको साथ नछुट्ने तर्क दिए ।

हिरोहरुको जनै कथा

समय बदलिरहेको छ अनि संस्कारमा पनि परिवर्तन आईरहेको छ । कुनै समय थियो धोती नलगाई भान्छा गर्नुलाई महापाप भनिन्थ्यो । अझ जनै नलगाउने त नेपाली समाजबाटै तिरस्कृत समेत हुनु पर्थ्यो । तर अब समयले कोल्टे फेरेको छ भने संस्कृति पनि समय अनुरुप परवर्तन हुन थालेको छ ।

राखी बाँध्ने भारतीय संस्कृतिको प्रभाव नेपालमा बढिरहे पनि आज एक दिनका लागि ब्रतबन्ध गरेका हिन्दु पुरुषहरुले पनि जनै नलगाएका उदाहरण भेट्न मुस्किल छ । बाह्र महिनामा आउने यो पर्वमा विधिका लागि एक दिन मात्र जनै लगाउने जमात हरेक बर्ष बृद्धि भईरहेको छ । विशेषत युवा वर्गमा एक दिने जनै फेसनले पनि त्यतिकै स्थान पाएको छ । जुन फेसनको ट्रेन्ड भनौ वा बाध्यता कलिउडका हाम्रा हिरोहरुमा पनि लागू भएको देखिन्छ । डेढ बर्ष अघि ब्रतबन्ध गरेका हिरो सुमन सिंह त्यस्तो न्यासध्यानी हिरो हुन् जसले शरिरमा ६ डोरे काँचो धागो भिरेको दिन देखि फुकालेका छैनन् । यो डेढ बर्षको पिरियडमा उनले झण्डै एक दर्जन जनै धारण गरी संस्कृतिवादी पनि भएका छन् ।

'कहिले काही सुटिङको परियडमा ड्रेस चेञ्ज गर्नु पर्ने हुँदा जनै फुस्किएको थाहा हुदैन थियो तर पछि थाहा पाउनासाथ जनै लगाउथे', आज बिहान विधिवत रुपमा जनै फेरेपछि उनले आफ्नो जनै कहानी फिल्मीखबरलाई सुनाए । उता अर्का स्टार राजबल्लभ कोईरालाले पनि दश क्लाश पढुन्जेल काँचो धागोलाई जप गर्न कहिलै भुल्दैनन् थिए तर उमेर छिप्पिएसँगै उनको काँचो धागो प्रेम कसरी हट्यो स्वयम उनलाई थाहा छैन । घरमै गुरु डाकी आज डोरो बाँधेका बल्लभले आफू भने राखि बाँध्नमा इन्ट्रेस्ट नरहेको बताए ।

राजबल्लभले भने, 'आफ्नो संस्कृति यहि भएकाले म त डोरो नै बाँध्छु त्यसैले गुरुजीलाई पर्खिरहेको छु ।' हरेक बर्ष एक दिन औपचारिकताका लागि लगाईने जनैलाई बल्लभले निरन्तरता भने दिएका छन् । तर ह्याण्डस हंक जिवन लुईटेलले जनै लगाउन आफूलाई झन्झट नलाग्ने तर्क दिए । जनैसंग जोडिएको उनको इन्ट्रेष्टिङ कथा नभए पनि नियमित जनैको धारण आफूले गर्न छाडेको लामो समय भएको जिवन बताउछन् । रिदम सुटिङ सेटमा कसको लामो जनै र छोटो जनै भनी रमाईलो गरिरहेका बेला जिवनले फिल्मीखबरसंगको कुराकानीमा भने, 'घरमा बेला बखत हुने पुजा आजामा पनि म जनै लगाउने गर्छु अनि आज त रक्षा होस भन्ने गरिन्छ त्यसैले लगाउन जरुरी नै ठान्छु तर यति हो कि हामी कलाकार भएकाले कहिले न्याकेट सिन, कहिले जिम जोईनले चाहेर पनि सधै जनै लाउन सकिन्न रहेछ ।'

यस्तै उता विवाहित हिरो निरज बरालले आज डोरो र राखी आफ्नो मामा र ठूलो मम्मीको छोरीको हातबाट बाँधे । शुद्ध ब्राहम्ण परिवारका निरजले जनैको साथ छाडेको पनि लामै भईसक्यो । कल्चरलाई जिवितै राख्न उनले पनि हरेक बर्षको जनै पूर्णिमामा एक पटक विधिको रुपमा जनै फेरेका छन् तर त्यो जनै उनको शरिरमा कतिन्जेल अडिने हो त्यो स्वयम उनलाई थाहा छैन । उनी भन्छन्, 'मनमा श्रद्धा छ आफ्नो कल्चर प्रति त्यसैले सधै लगाउनै पर्छ भन्ने पनि छैन ।' निरजले आफ्नो जिवनमा घटेको जनै कथा सम्झदै भने 'विहे भएको दिनमा चाहि अलि अप्ठारो फिल भा'को थियो ।'

नयाँ पुस्ते हिरो मात्र हैन उता महानायक राजेश हमालको हकमा पनि काँचो धागोले पटक-पटक झन्झट दिदो रहेछ । १२ बर्षअघि ब्रतबन्ध गरेका मिस्टर हमालले घरमा परेको श्राद्धको दिन बाहेक कहिलै पनि जनै धारण गर्ने गरेका छैनन् ।

Love U Man | First Look प्रोमो रिलिज : पर्दामा पुरूष समलिंगीको कथा

महिला समलिंगीको कथामा सुनगाभा फिल्म बनिसकेको छ र प्रदर्शनको लागि पनि तयारी अवस्थामा छ । अहिले फेरि पुरूष समलिंगीको कथामा फिल्म बनेको छ र सो फिल्मको फस्टलुक प्रोमो फिल्मीखबरबाट अफिसियल रूपमा सार्वजनिक गरिएको छ ।

पुरूष समिलिंगीको मनोविज्ञानमा आधारित रहेर बिबि फुँयालले निर्देशन गरेको सो फिल्मलाई दशैंको छेकोमा रिलिज गर्ने बताईएको छ । हाल पोस्ट-प्रोडक्सनमा रहेको सो फिल्मलाई बिन्देश्वरी सिने आर्टसको व्यानरमा दिनेश महतले निर्माण गरेका हुन् । द लास्ट किस निर्देशन गरेका बिबिले यो फिल्ममा दुई नयाँ अनुहार राज आर्यन र प्रनिशा सिलवाललाई ल्याएका छन् । यस्तै द लास्ट किसमा अभिनय गरेका सुरेश चौधरी यो फिल्ममा दोहोरिएका छन् ।

सामाजिक सत्य घटनामा आधारित रहेर निर्माण गरिएको बताईएको सो फिल्मको कथा राज शिशिरले लेखेका हुन् भने संगीत सन्तोष राजवंशी, नागेन्द्र राजवंशी र उदेश श्रेष्ठको रहेको छ । यस्तै छायाँकन दिपक बानियाँको रहेको छ भने द्धन्द देव महर्जनको रहेको छ । फिल्मलाई हरि बरालले वितरणको जिम्मा लिएका छन् ।



"LOVE U MAN "A love story of a man. Introducing Raaz Aaryan, Pranisha Silwal along with Suresh Chaudhary. Directed by B.B. Phuyal. Its a xenium films production, xenium media house presents and a Dinesh Mahat Creation. Screenplay/Dialogue by Raaz Sirish.

मायाज बार बाट उत्साहित निर्देशकले अर्को २ फिल्म बनाउने



काठमाडौँ, साउन १८ - गत शुक्रबार देखि उपत्यकामा प्रदर्शनमा आएको चलचित्र मायाज बारले रेकर्ड तोड्दै आफ्नो व्यापारलाई अग्रस्थानमा कायम गरेको छ । शुक्रबार र शनिबार सबै हलहरुमा एक शो बाहेक सबै सो हाउसफूल भएका थिए । काठमाडौंको १९ चलचित्र हलहरुमा प्रदर्शित चलचित्र मायाज बारले दुई दिनमा ३५ लाखको कलेक्सन गरेको थियो भने त्यसपछि आइतबार ५ लाख, सोमबार ६ लाख र मंगलबार ६ लाख ५० हजार व्यापार गर्न सफल भयो । कुमारी सिनेमा हलमा पहिलो शनिबार नै हाउसफूल भएको यो पहिलो नेपाली चलचित्र भएको हल व्यवस्थापनले बताएको छ भने विश्वज्योतिले शनिबारको दिन दुई लाख १५ हजारको व्यापार गरेको अढाइवर्षपछि रेकर्ड भएको बताएको छ । बालाजु बेल्टले दुई दिनमा ६ लाख कलेक्सन गरेको र अष्टनारायणले कुनै पनि नेपाली चलचित्रको इनिसियल रेकर्ड तोडेको कुरा हलका प्रोप्राइटर त्रिरत्नजीले बताए । विश्वज्योति, अष्टनारायण, गोपी र कलंकीमा धेरै लामोसमयपछि नेपाली चलचित्रले रात्रीकालिन प्रदर्शन पनि लगातार गरेको छ भने कुमारी चलचित्र भवनले आफ्नो लगातार भइरहेको दुइ शोबाट मायाज बार प्रदर्शनपश्चात् तीन शो गरेको छ ।

दोस्रो हप्ता आफ्नो प्रदर्शनको सुनिश्चितता कायम भएको यो घडीमा उपत्यका बाहिर नारायणगढ र हेटौंडाले भने प्रदर्शन मितिभन्दा एक दिन अगावै दर्शकको मागलाई मध्यनजर गर्दै मायाज बारलाई प्रदर्शनमा ल्याएको छ भने मोफसलको अन्य शहरहरुमा १८ गते जनैपूर्णिमाको दिनबाट यो चलचित्र प्रदर्शनमा आउँदैछ । अन्य चलचित्रको कलेक्सनको सुपरहिट भए पनि मायाज बारको लगानी धेरै भएको कारण अर्को हप्ता व्यापारपछि मात्रै चलचित्रको रेटिङ गर्ने कुरा चलचित्रका निर्माता सुनिल मानन्धरले जानकारी दिएका छन् । अत्याधिक दर्शकहरुको सकारात्मक प्रतिक्रियाले उत्साहित रहेका निर्देशक दिनेश डिसीले एक साता को पोखरा भ्रमण पछाडि आगामी चलचित्र हिरोइन र प्यासका लागि काम सुरु गर्ने बताएका छन् ।

Iss Pyaar Ko Kya Naam Doon 2nd August 2012







Tito Satya august 2nd 2012





बेल्जियममा तुलसीको शतप्रतिशत रिजल्ट !

भनिन्छ भिडियो आफै बोल्छ त्यसैले यहाँ धेरै लेखिरहनु पर्दैन । बेल्जियम बासी साढे तीन सय नेपालीहरुको एक हुलले शंकर घिमिरेको फिल्म तुलसीलाई अत्याधिक मन पराएका छन् ।

गत आईतबार बेल्जियमको लुभेन र एनथ्रोपेनमा प्रदर्शन गरिएको सोसल ड्रामा शैलीको उक्त फिल्मले धेरैको मन छुएको फिल्म हेरेर निस्किएका बेल्जियमबासी दर्शकले प्रतिक्रिया दिएका छन् । फिल्मले कतिपयको आशु थाम्न पनि नसेकको दर्शक प्रतिक्रियामा देख्न सकिन्छ । जातभातका कथालाई यथार्थ परक शैलीले प्रस्तुत गरिएको उक्त फिल्मको लुभेन शो, रिलिजको तयारीमा रहेको फिल्म थ्रीलभस्र डेब्यू हिरो देवु श्रेष्ठ, नेपाल बेल्जियम कलाकारसंघका अध्यक्ष पदम गुरुङ तथा सिता सापकोटाको पहलमा भएको हो भने एनथ्रोपेनको शो दिलमा सजाँए तिमिलाईका प्रोड्यूसरका तेजेन्द्र कडेलको पहलमा भएको हो ।

बेल्जियम शो सकी हाल लण्डन शोका लागि पुगेका निर्देशक घिमिरेले दिएको जानकारी अनुसार लण्डनका ९ वटा शहरमा तुलसीको शो हुदैछ । लण्डन शो सके लगत्तै उनी नेपाल फर्कने छन् र तुरुन्त दक्षिण कोरिया र क्यानेडा शोको लागि निस्कने छन् । नेपाल रिलिज मिति तय नभएको उक्त फिल्ममा काली दमिनीको भूमिकामा ऋचा घिमिरेले अभिनय गरेकी छिन् । ऋचाले बेचिएकी महिलाको भूमिका निर्वाह गरेकी छिन् । यस्तै विम्लेष अधिकारी र आयुष रिजाल यस फिल्मका मेल लिड हिरो हुन । विम्लेसको यो डेब्यू फिल्म हो । जुन फिल्मको अष्ट्रेलिया शोका लागि उनी यसै साता त्यता उड्दैछन् । यसैगरी यो फिल्मको अमेरिका शो यहि अगष्ट लाष्ट देखि सुरु हुने बताईएको छ । तुलसीको बेल्जियमको शो मा कुनै समयकी चर्चित अभिनेत्री पार्वती अधिकारी, बेल्जियम एनआरएन अध्यक्ष रजनी गूरुङ तथा बेल्जियम एनआरएनका संस्थापक अध्यक्ष तथा आईसिसी मेम्बर रबिन्द्र मान श्रेष्ठको पनि उपस्थिती थियो ।


भिडिओ प्रतिक्रिया

गौरी नपाएपछि कारावास

यस्ता घटना धेरै हुने गरेका छन् यहाँ । यो त एउटा उदाहरण मात्र हो । दर्ता प्रक्रियामा जानु अघि स्क्रिप्ट लेखन कार्यलाई अगाडी बढाउँदा अन्तिम समयमा निर्माता निर्देशकहरुले धेरै झन्झट ब्यहोर्नु परिरहेको छ । जुन झन्झट सम्झिदिए पुग्छ निर्माण गरेको युनिटले पनि बेहोरेको छ ।

पहिलो फिल्मबाट ब्यावसायिक सफलता भन्दा पनि केही चर्चा पाएको उक्त युनिटले नयाँ फिल्म बनाउने तयारी गरिरहेको छ । सुरुमा गौरी टाईटल राख्दै केही पब्लिसिटी समेत गरेको उक्त युनिटले अन्तिम समयमा बाध्य भएर फिल्मको टाईटल चेन्ज गर्नु परेको छ । कलाकार समेत रहेका जिके शर्माको सोलो प्रोडक्सनमा बन्न लागेको गौरीको नाम अब कारावास तय गरिएको छ ।

रिम विश्वकर्माको निर्देशनमा भदौ पाँच देखि फ्लोरमा जान लागेको उक्त फिल्मको आज देखि गित रेकर्डिङ सकिएको छ । टाईटल चेन्ज उक्त फिल्ममा तीन वटा गित फाईनल गरिएको छ । जसलाई दीपक लिम्बु, सन्तोष रुचाल, जुना प्रसाई र अञ्जु पन्तले गाएका छन् । संगीत भने दीपक शर्माको रहेको छ । निर्देशक र संगीतकार पनि सम्झिदिए पुग्छकै दोहोरिएका हुन् ।

रेड लाईन फिल्मसको ब्यानरमा बन्न लागेको उक्त फिल्मको कथा फिमेल ओरेन्टेड रहेको बताईएको छ । ४० लाख बजेट छुट्याईएको उक्त फिल्मको सुटिङ राजधानी सहित धादिङ र पोखरामा गरिने निर्माता शर्माले जानकारी गराए । फिल्मका कलाकारको नाम भने सार्वजनिक गरिएको छैन ।

Bade Achhe Lagte Hain 1st August 2012





Kuch Toh Log Kahenge 1st August 2012







Parvarish 1st August 2012






मायाज बार हेरेपछि राजेश हमालले के भने ?

पक्कै पनि आफू अभिनित फिल्मको कमेन्ट गर्न हरेक कलाकारलाई गार्‍हो पर्छ । गार्‍हो मात्र हैन यो नैतिकताको प्रश्न हो कि उनीहरुले आफ्नो फिल्मको कमेन्ट गर्न सुहाउँदैन । तर केही दिग्गज कलाकारको हकमा भने यि नियम लागु हुँदैन । महानायक राजेश हमाल यस्ता कलाकार हुन् जसको सानो मात्र तर्कले यहाँ ठूलै उथलपुथल ल्याईदिन सक्छ । प्राय जसो आफू अभिनित फिल्म हेर्न नजाने उनी आज दिन भर कुमारी फिल्म हलमा देखिए जहाँ उनले मायाज बारको मज्जा लुटे ।

आजको दिन राजेशका लागि दुई अर्थले विशेष रहे । पहिलो कारण थियो १८ बर्ष अघि उनले आफ्नी आमाबाट उपहार स्वरुप पाएको कार चढी उनी ज्वली मुडमा मायाज बार हेर्न पुगेका थिए । अनि दोस्रो थियो उनले निकै अपेछा गरेको फिल्म मायाज बार हेर्ने । मायाज बारमा उनी नेगेटिभ चरित्रमा देखिएका छन् । जुन लुक्सको तारिफ चौतर्फी भईरहेको छ । 'मलाई यो फिल्म सुटिङ सुरु भए देखिनै हेर्न मन थियो त्यसैले आज बल्ल टाईम मिलाएर आएको हो', हल प्रवेश गर्नु अघि उनले उत्साहित मुडमा भने ।

यस्तै उनले फिल्म हेरिसके पश्चात दिनेश डिसीको प्रस्तुत गर्ने शैलीलाई मुक्त कण्ठले तारिफ गरे तर स्टोरीको हिसावमा मिहिनेत गर्ने ठाँउ आफूले अझै देखेको उनको तर्क छ । उनी आफ्नो अभिनयबाट पूर्ण सन्तुष्ट रहेछन् तर ईन्डिङमा आफ्नो सिन अझै लम्बिएको भए थप मज्जा हुन सक्ने उनले घुमाउरो ढङ्गमा ब्यक्त गरे । उनलाई फिल्मीखबरले समिछकको नजरमा आफ्नै फिल्मलाई १ सयमा कति नम्बर दिनु हुन्छ भन्ने प्रश्न गरेको थियो तर नम्बरको बिषयमा आफूले बोले बायस हुने भन्दै दर्शकबाट यो उत्तर लिन आग्रह गरे ।

गत शुक्रबार देखि राजधानीका १९ वटा हलमा लागेको मायाज बारको मंगलबार अर्थात पाँच दिन सम्मको ग्रस कलेक्सन ५१ लाख पुगेको छ । भोलीदेखि लगातार तीन दिन विदा परेकाले यो पाँच दिनको बिजनेस सरह ब्यापार हुने अपेक्षा मायाज बार युनिटको छ । राजधानीमा समिक्षकहरुबाट मिश्रित प्रतिक्रिया पाएको मायाज बार मोफसलका दर्शकमाझ तीब्र प्रतिक्षित फिल्म बनेको खबर प्राप्त भएको छ जसकारण हेटौंडाको ओम्याक्स हल र नारायणघाटको जल्मामा आजै देखि यो फिल्म प्रदर्शनमा आएको छ भने भोली बिहिबार देखि बाँकी ५२ वटा हलहरुमा मायाज बार प्रदर्शन हुने छ । हलबालाहरुको डिमान्डका कारण मायाज बारको मोफसल रिलिज नियमित रिलिज भन्दा एक दिन अगाडी हुन लागेको हो ।

चलचित्र बिन्दासका केहि बिन्दास मय झलकहरु

नेपाली चलचित्र बिन्दास ले आफ्नो फेस बुक आइडी बाट चलचित्र बिन्दास का केहि बिन्दास मय पोस्टरहरु सार्बजनिक गरेका छन् । जसमा नायिका सुष्मा कार्की तथा उनको जवानीलाई निक्कै प्राथमिकताका साथ प्रस्तुत गरिएको छ ।
bindaas nepali movie
nepali film bindaas
nepali film bindaas
nepali film bindaas

चलचित्र बजारमा चलचित्रको भन्दा गीतको चर्चा (भिडियो सहित )

‘देखाइदिन्छु सबै कुरा पैसा तिरेपछि , जिन्दगीमा मोजमस्ती गर्नैपर्छ राति
गाला मेरो फुटेको छैन अलिकति चर्को हो साथी, आँखा झिमिक्कै माल सामान गायब…’

हुन त यो चलचित्र ‘लक’को गीत हो । तर, चलचित्रको नामभन्दा पनि यो गीतले चर्चा पायो बजारमा । चलचित्र चलेर उत्रिसक्दा पनि यो गीतले गरम बनाएको बजार अझै सेलाएको छैन । यता थुप्रै सिनेमा खेल्दा पनि चर्चा कमाउन नसक्ने अनि नाम पनि त्यति बजारमा ल्याउन नसक्ने कलाकारहरूलाई पनि प्रस्तुत ‘आइटम डान्स’मा डान्स गर्ने सम्झना प्याकुरेल उदाहरण नै बनिन् । उनी यही एउटा गीतबाट चर्चामा आएकी छिन् यतिबेला ।

जब यो गीत विभिन्न टेलिभिजन च्यानलहरूमा प्रतिबन्ध भयो तब यो गीतप्रति चासो राख्नेहरूको सङ्ख्या बढेपछि निर्देशक ऋषि न्यौपानेले चलचित्र ‘लक’को रिलिज पनि गरिहाले । ‘हामीले दर्शकहरूको भावना बुझेर नै रिलिज गर्‍यौँ चाँडो । चलचित्रले परिणाम पनि राम्रै निकाल्यो,’ निर्देशक न्यौपाने भन्छन् । एउटै गीतबाट चर्चामा आएकोमा सम्झना पनि धेरै खुशी छिन। तर, यो गीतलाई विभिन्न कोणबाट हेरिदिएर गलत अर्थ लगाउनेहरूप्रति पनि उनको चित्त दुखाइ छ । उनले भनिन्, ‘हामीले शब्दलाई साङ्केतिक रूपले प्रस्तुत गरेका छौँ । तर व्याख्या भने सीधै गरियो । म बारमा डान्स गर्ने युवती हुँ । त्यहाँ खलनायकहरूले सामान लुकाएका हुन्छन् र त्यो सामान मैले देखेकी हुन्छु । सबै कुरा देखाइदिन्छु पैसा तिरेपछि भनेर प्रहरीलाई गीतमार्फत जानकारी दिन खोजिएको छ । यहाँ त शरीर देखाउने कुरा पो आयो,’ उनले बेलिविस्तार लगाइन् ।

सुरुमा त सम्झनाले पनि सोचेकी थिइनन् कि यो गीतले यस्तो हंगामा गर्ला भनेर । ‘नसोचेको भयो,’ उनी दङ्ग पनि छिन् । तर, बजारमा हिँड्दा दर्शकले ‘पैसा तिरेपछि सबै कुरा देखाइदिने हो…’ भनेर जिस्क्याउँदा भने उनको चित्त दु:खेको रहेछ । उनले भनिन्, ‘यो आइटम गीतमा नाचेपछि चर्चा त पाइयो तर पछिसम्म गलत छाप पर्ला कि भन्ने चिन्ता भने लागेको छ । म दर्शकहरूलाई मैले नाचेको गीतलाई गलत अर्थले नबुझिदिन अनुरोध गर्दछु ।’ कलाकार भएपछि हरेक भूमिकामा सहज प्रस्तुत हुन सक्नुपर्छ भन्ने मान्यता उनको छ । सम्झनाले थपिन्, ‘अब भने म आइटम तिर भन्दा पनि नायिकाको भूमिकातिरै बढी जोड दिन्छु । आइटमले छोटो समयमा नै चर्चा त पाउँछ तर त्यो दिगो हुँदैन रहेछ ।’

माई ब्रदर प्रोमो रिलिज

असोज महिनाको पहिलो या दोस्रो साता रिलिज गर्ने तयारीका साथ पोस्ट-प्रोडक्सनको कामलाई तिब्रता दिईरहेको माई ब्रदर फिल्मको प्रोमो सार्वजनिक गरिएको छ । पारिवारिक प्रेमकथामा आधारित रहेर निर्माण गरिएको माई ब्रदरले बालमनोविज्ञानलाई पनि आफ्नो कथामा समेटेको छ ।

बिष्णु भट्टराईको लेखन तथा निर्देशन रहेको सो फिल्मलाई अबिरल फिल्मसको व्यानरमा सरु भट्टराई र मैनादेवी भण्डारीले निर्माण गरेका हुन् । पछिल्लो समय बनेका फिल्महरू परिवारसँग बसेर हेर्न नसक्ने खालको रहेको भन्दै निर्देशक भट्टराईले यो फिल्म परिवारले नै हेर्नुपर्ने बताए । उनले भने, 'यो बिशुद्द पारिवारिक फिल्म हो । हामीले परिवार र बौद्धिक बर्गलाई लक्षित गरेर फिल्म बनाएका हौं ।'

सुमिना घिमिरे र दीपक पाण्डेको मुख्य भुमिका रहेको सो फिल्ममा रमेश बुढाथोकी, विमला गिरी, अन्जु थापाको साथमा बालकलाकार अनिष कंडेलको सशक्त अभिनय हेर्न सकिनेछ । फिल्ममा बिरेन्द्र भट्टको छायाँकन, अष्ट महर्जनको द्धन्द, तारा प्रकाश लिम्बु, बिपिन आचार्य र तिलकको संगीत तथा कविराज गहतराजको करियोग्राफी रहेको छ । युनिभर्सल कलर ग्रेडिङ स्टुडियोमा पोष्ट-प्रोडक्सन गरिएको सो फिल्मलाई दिर्घ खड्काले सम्पादन गरेका हुन् ।

बद्रिले खोल्दैछ पालुङको शिखर हल

बिगत सात बर्ष देखि बन्द अवस्थामा रहेको पालुङको शिखरकोटमा रहेको शिखर चलचित्र मन्दिर पुन: सञ्चालनमा आउने भएको छ । निर्देशक शोभित बस्नेतले सो हललाई १० बर्षका लागि भाडामा लिएर सञ्चालन गर्न लागेका हुन् ।

फिल्म निर्देशनबाट केहि सुस्त बन्न खोजेका शोभितले फिल्मीखबरसँग कुरा गर्दै यसलाई सहायक व्यवसायको रूपमा अंगालेको बताए । उनले भने, 'अब निर्देशन भन्दा पनि निर्माण र हल व्यवसायलाई बढि प्राथमिकता दिन्छु ।' भोली बिहिबारबाट फिल्म 'तँ त सार्‍है सप्रिस नि बद्रि' लाई चलाएर हलको उदघाटन गर्ने निर्देशक बस्नेतले फिल्मीखबरलाई जानकारी गराए । करिब ३५० सिट क्षमताको उक्त हाईभिजन हललाई मर्मत सम्भार गरेर निर्देशक बस्नेतले अहिले सराउण्ड साउण्ड सिस्टम जडान गरेर डिजिटल बनाएका छन् ।

दैनिक २ शो चलाईने सो हलमा टिकट दर ५० र ६० रूपैंया कायम गरिएको छ । ग्रामिण भेग भएकाले टिकट दर सस्तो भए पनि दर्शकको उपस्थिती राम्रै हुने बताउँदै हलले राम्रो कलेक्सन दिने सोभितले बताए । उनका अनुसार यो हलले पालुङ आसपास सहित मकवानपुरकै मार्को कुलेखानी, सिङ भन्ज्याङ, डाँडाबास सम्मको क्षेत्रलाई समेट्छ । यो हल सञ्चालनमा आएपछि निर्माताहरूलाई केहि राहत हुने निर्देशक बस्नेतको भनाई छ ।

शिखर हलको उदघाटन गर्न लागेको फिल्म बद्रि अहिले राजधानीका आधा दर्जन हल सहित उपत्यका बाहिरका केहि हलमा चलिरहेको छ । फिल्मलाई जयकिशन बस्नेतको निर्माणमा शोभितले नै निर्देशन गरेका हुन् ।

श्रावण २६ मा तीन स्टारको फिल्म

एक बर्ष अघि मोफसलमा प्रदर्शन भई लगानी सेभ गरेकॊ बताईएको मल्टीस्टारर फिल्म सौभाग्य यहि श्रावण २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माता केदार पराजुलीले दिएको जानकारी अनुसार राजधानीका मुख्य १२ वटा हलमा उक्त फिल्म प्रदर्शन हुने छ ।

४० लाख बजेटमा बनेको सौभाग्यमा तीजका केही कन्टेन अटाईएकाले गत बर्ष मोफसलमा सो फिल्म सफल भएको बताईएको छ । तर यो पटक तीज आउन एक महिना अघि प्रदर्शन मिती तय भएकाले केदारको अपेक्षित विजनेसमा भने केही कम हुने त हैन भन्ने आशंका उब्जिएको छ । यध्यपी निर्माता पराजुलीले तीज मात्र नभई अन्य विषयबस्तु पनि हेर्न लायक रहेको भन्दै यसपालिको रिलिजबाट पनि आफू ढुक्क रहेको बताए ।

तीन एक्सन स्टार राजेश हमाल, सुमन सिंह तथा आयुष रिजाल अभिनित यो फिल्म फर्मुला भित्र रहेर निर्माण गरिएको हो जसले फर्मुला शैली रुचाउदै आएका दर्शकलाई आकर्षित गर्ने निर्माण पक्षको भनाई छ । झरना थापा तथा सोनिया केसी पनि फिल्मका मुख्य पात्र हुन् । श्रीकृष्ण फिल्मसको ब्यानरमा निर्मित उक्त फिल्मको तीज गित गत बर्ष सर्वाधिक बज्न सफल फिल्मी गित भित्र पर्दछ ।

'जति पनि यो फिल्मले ब्यापार गर्दछ ती सवै रकम अब नाफा हुनेछ', वितरक समेत रहेका केदारले भने । केदारले यो फिल्मको रिलिज पश्चात भदौ महिना देखि रोज राणासंगको जोईन्ट भेन्चरमा अर्को फर्मुला शैलीको फिल्म बनाउने पनि भएका छन् । हाल हिरोईनको सुटिङका लागि अन्तिम तयारीमा जुटेका रोजले उक्त फिल्मको सुटिङ संगै केदारसंगको जोईन्ट भेन्चरको फिल्मको पनि सुटिङ सुरु गर्ने बताए ।

मिस नेपाल सृष्टिलाई हिरोइन बनाउने रोजको योजना


राजन घिमिरे, साउन १७- पुराना अनुहारप्रति दर्शकहरूको चासो र कुतूहल कम हुँदै जान थालेपछि अब निर्देशक–निर्माता सिनेमामा नयाँ अनुहारको खोजी गर्न थालेका छन् । उनीहरूको मान्यता छ कि नयाँ कथा र प्रस्तुति भएपछि सिनेमामा देखापर्ने अनुहार पनि नयाँ नै हुनुपर्छ, किनकि त्यसले जीवन्तता पाउँछ । यी कुरालाई पछिल्लो समय निर्माताहरू निकै आत्मसात् गर्दै अगाडि बढिरहेका छन् । यसै क्रममा दोस्ती, खलनायक, म छु नि तिम्रो र टक्कर दुई मुटुकोलगायतका हिट चलचित्र दिइसकेका निर्माता एवम् अभिनेता रोज राणा पनि अब आफ्नो नयाँ प्रोजेक्टका निमित्त एउटी नयाँ अनुहारको खोजीमा छन् । ‘मेरो नयाँ प्रोजेक्टका निमित्त बिल्कुलै नयाँ अनुहार चाहिएको छ तर भनेजस्तो पाइएन,’ रोज भन्छन् । उनले बनाउन लागेको नयाँ चलचित्रको नाम हो हिरोइन । रोज यतिबेला हिरोइन चलचित्रका निम्ति हिरोइनको खोजी गरिरहेका छन् ।
राम्रो ब्यानरले चलचित्र बनाउन थालेको समाचार आएपछि त्यो ब्यानरमा छिर्नका लागि तँछाड–मछाड गर्नेहरूको सङ्ख्या त लामै छ । ‘तर कथाले खोजेजस्तो कोही पाइएको छैन । यो हिरोइनप्रधान चलचित्र भएका कारण एउटा फिल्म बोक्न सक्ने हिरोइन चाहियो मलाई । त्यस्तो बोल्ड र ड्यासिङ युवती नै पाइएन,’ रोजले जानकारी गराए । आफ्नो कथाले मागेजस्तो त र खोजेजस्तो कलाकार नपाएकै कारण आफ्नो चलचित्र सुटिङ गर्ने डेट पछि धकेलिँदै गएकोमा उनको चिन्ता छ । ‘मैले भारतीय नायिका शिल्पा सेठ्ठी, माधुरी दीक्षित अनि प्रियंका चोपडाजस्ता बोल्ड नायिका खोजेको हुँ, तर त्यस्तो यहाँ पाइँदैन,’ रोजले भने । तर पनि रोजको आँखा मिस नेपाल सृष्टि श्रेष्ठ तिर नपुगेको भने होइन । ‘मिस नेपाल भएपछि एक वर्ष कतै काम गर्न पाइँदोरहेन छ । यसकारणले पनि मिस नेपाललाई हिरोइन बनाउन पाइएन । नत्र सृष्टि हिरोइन भइसक्थिन् । र, मेरो सिनेमाको काम पनि अगाडि बढ्दथ्यो,’ रोजले भने ।

त्यसो त रोजलाई स्नेहा राणालाई हिरोइन बनाए हुन्छ भन्ने सुझाव पनि नआएको होइन । यसबारे रोज भन्छन्, ‘हुन त उहाँको नाम पनि नआएको होइन । तर उमेर अलि बढी भयो उहाँको । नत्र अन्य पक्षबाट पनि स्नेहा राणा फिट नै हुनुहुन्छ । रोजको चलचित्र हिरोइनमा एउटी सफल हिरोइन बन्नका निम्ति युवतीले गर्नुपर्ने र गरेका सङ्घर्षहरू समेटिनेछन् । समाजको हेर्ने प्रवृत्ति अनि सफलताको उचाइमा पुगेपछि त्यही समाज नतमस्तक भएको विषयलाई रोजले चलचित्र हिरोइनमा उठाउन खोजेका छन् ।

निखिल र निरुता मुम्बईमा झुल्किए



राजन घिमिरे, साउन १७- यतिबेला गुमनाम छन् निखिल उप्रेती र निरुता सिंह । दुई पत्नीका पति अनि तीन सन्तानका पिता निखिल र अविवाहित निरुताप्रति चासो पनि कम हुन थालेको छ दर्शकहरूमा आजभोलि । यिनीहरू कहाँ होलान् ? के गर्दै होलान् ? र यिनीहरूको दिनचर्या कसरी बितिरहेको होला त ? प्रसङ्ग उठेपछि जिज्ञाशा लाग्नु पनि अस्वाभाविक होइन । दुवै हाल नेपाली चलचित्र क्षेत्रबाट भूतपूर्व नायक - नायिकाको श्रेणीमा पर्न थालिसकेका छन् । सिनेमाको पर्दामा यी दुईलाई देख्न अब दुर्लभ हुने अवस्था आए तापनि एक स्रोतले भने निखिल र निरुतालाई मुम्बईमा देखेको कुराको जानकारी गराएको छ । सिनेमाको प्राविधिक कार्यका लागि मुम्बई पुगेको सो स्रोतले आजभोलि निखिल र निरुताबीच निकै हेलमेल बढ्न थालेको कुराको दाबी नै गरेको छ । नेपालका दुई पत्नी र तीन सन्तानको बिल्लिबाठ पारेर भारतको मुम्बईमा भौंतारिइरहेका निखिल आजभोलि कफी हाउस र क्याफेतिर निरुताका साथ देखापर्ने गरेका छन् । नेपाल आउँदा केही भारतीय चलचित्रमा काम गर्दै छु भनेर गफ दिने निखिल अनि भारतमा ड्रेस डिजाइनिङ पढ्दै छु भनेर ‘सान’ झार्ने निरुताको यो गफ नै हो भन्ने कुरा अब शङ्का मानिरहनुपर्ने अवस्था छैन । तैपनि नेपालमा शासन, मान, इज्जत र हाइहाइका साथ जीवन गुजारेका निखिल र निरुताको बाँच्ने हैसियत र दिनचर्याको बारेमा यतिबेला नेपाली चलचित्रकर्मी चुकचुकाउन थालेका छन् । कुनै समय निखिलको बाँच्ने शैली देखेर लोभ गर्नेहरू अहिले उनकै जीवनलाई लिएर गल्ती गरे निखिलले भन्न थालेका छन् ।

Byah Hamari Bahu Ka 1st August 2012








Iss Pyaar Ko Kya Naam Doon 1st August 2012









Kuch Toh Log Kahenge 31st July 2012





Bade Achhe Lagte Hain 31st July 2012




Parvarish 31st July 2012




Meri Bassai July 331st 2012






Nepali Movie Ye… Pandit Baje

Ye… Pandit Baje | Unknown Date






फेसबुक गीत सार्वजनिक

भाद्र २९ गतेका लागि रिलिज मिती तय गरिएको फिल्म 'फेसबुक' को गीत सार्वजनिक गरिएको छ । सिंगापुरमा छायाँकन गरिएको उक्त सार्वजनिक गीतमा नायिका झरना थापालाई नयाँ हिरो स्वतन्त्र प्रताप शाहले साथ दिएका छन् । सुनिल बर्देवाको संगीत रहेको सो गीतको करियोग्राफी कविराज गहतराजले गरेका हुन् भने संजय लामाले खिचेका हुन् ।

सुरज सुब्बा नाल्बोले निर्देशन गरेको उक्त फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । फिल्ममा झरना र स्वतन्त्रको साथमा राजेश हमाल, सुवास थापा, अनुराग मान सिंह कुवँर लगायतको अभिनय रहेको छ । सस्पेन्स थ्रील फिल्म फेसबुकको कथा सुरज सुब्बाले नै लेखेका हुन् । फिल्ममा दुई वटा मात्र गीत समावेश गरिएको छ । जसमध्येको एउटा गीतलाई यसअघि नै फिल्मीखबरले प्रिमियर गरिसकेको छ ।

प्रमिशको सुटिङमा फेरी दुर्घटना

केही दिन अघि मात्र करेन्ट लागेर गम्भीर घाईते भएका प्रमिशका एक प्राविधिक निको हुन नपाई अर्का प्राविधिक घाईते भएका छन् । चाबहिल आरुबारी स्थित भुत घरमा सुटिङ चलिरहँदा प्रमिशको टिममाथि दैविक शक्तिले पटक पटक प्रहार गरेको हो ।

यस अघि पनि सतर्कता अपनाउदा अपनाउदै प्राविधिक तिर्थ लामा आईसियुमा पुग्ने गरी घाईते भएका थिए । सो घटनाको केहि दिनमा नै तीन फिट माथिबाट लडेर आर्ट डाईरेक्टर सुनिल लामाको दाहिने खुट्टाको गोलीगाँठो फुस्किएको छ । सुटिङ सकिन केही दिन मात्र बाँकी रहेको उक्त फिल्मको ईनडोरका दृश्यहरु धमाधम खिचिईदैछ जुन क्रममा अर्का प्राविधिक पनि घाईते भएका हुन् ।

'खै के भईरहेको छ मैले आफै बुझ्न सकिराछैन', प्रमिशका प्रोडक्सन कन्ट्रोलर अर्जुन पोखरेलले भने । अर्जुनको कन्ट्रोलमा चलिरहेको मञ्जरी फिल्ममा पनि विभिन्न दुर्घटना भईदिदा उनी फिल्म यूनिटलाई हेर्ने कि विरामीलाई हेर्ने भन्ने बिषयले तनावमा छन् ।

'तीन फिट पनि थिएन तर कसरी गोलीगाँठो फुस्कियो मलाई थाहा छैन', घाईते लामाले भने । खुट्टाको गोलीगाँठो फुस्किएर प्लष्टर लगाएपछि प्रमिशको काममा केही अबरोध पुगेको छ । लामा प्रमिशको सिङगापुर पार्ट सुटिङमा पनि गएका थिए । फिल्मलाई सुरज सुब्बा नाल्बोले निर्देशन गरिरहेका छन् जसको प्रमुख कलाकार केकी अधिकारी हुन् ।

शंकरले जुराए `लभ फरइभर`

स्टेजबाट कलाकारिता सुरू गरेका शंकर आचार्यले आफूले निर्देशन गर्ने फिल्मको नाम 'लभ फरइभर' जुराएका छन् । सोमबार काठमाडौँको ए वान म्युजिसियन स्टुडियोमा गीत रेकर्डिङमा भेटिएका शंकरले प्रेमकथामा आधारित रहेर उक्त नाममा फिल्म निर्माण तथा निर्देशन गर्न लागेको बताए ।

चेतन सापकोटाको संगीतमा अञ्जु पन्तले गीत रेकर्ड गरिरहेको अवस्थामा फिल्मीखबरसँग कुरा गर्दै शंकरले भने, 'स्टेज नाटक, टेलिफिल्म र फिल्मबाट पाएको अनुभवले फिल्म निर्देशन गर्ने निर्णय गरेको हुँ ।' दर्जनौं नाटक र टेलिफिल्मको निर्देशन तथा अभिनय गरेका शंकरले यसै फिल्मबाट आफ्ना छोरा राज आचार्यलाई नायकको रूपमा प्रस्तुत गर्दैछन् । राज तितो सत्यमा दीपकराज गिरीको छोरा बनेर अभिनय गर्ने कलाकार हुन् ।

फिल्ममा राज बिशेष भुमिकामा देखिने छन् भने मुख्य भुमिकामा मायाज बार हिरो गजित बिष्ट, निरज बराल र सुमिना घिमिरे रहनेछन् । साउन २५ गतेबाट काठमाण्डौमा नै फिल्मको सुटिङ शुरू हुने बताईएको छ । जम्मा दुई वटा गीत समावेश गरिने सो फिल्ममा अञ्जु पन्तको साथमा दुर्गा खरेल र चेतन सापकोटाको स्वर रहनेछ ।  फिल्मको कथा शंकर स्वयंले लेखेका हुन् भने छायाँकन निरज कँडेल, द्धन्द सूर्य थोकर, करियोग्राफी गम्भिर बिष्ट तथा प्रोडक्सन बुद्धिलाल मगरको रहनेछ ।

Parvarish 30th July 2012

Kya Hua Tera Vaada 30th July 2012







Izzatdaar (2010) Nepali Movie



Iss Pyaar Ko Kya Naam Doon : July 30th,2012





Byah Hamari Bahu Ka 30th July 2012


Saas Bina Sasural 30th July 2012







Dekha Ek Khwaab 30th July 2012







Jire Khursani July 30th 2012






CID Special Bureau 29th July 2012 Video Watch Online

Harke Haldar : July 29th,2012





Kahani Comedy Circus Ki 29th July 2012 Video Watch Online



Adaalat 29th July 2012 Video Watch Online

राजेश हमाल बने बाघ दूत

महानायक राजेश हमाललाई विश्व वन्यजन्तु कोष नेपालका सदभावना दूत घोषणा गरिएको छ । तेस्रो बाघ संरक्षण दिवसका अवसर पारेर आइतवार राजधानीमा आयोजित एक कार्यक्रमका विच हमाललाई बाघ संरक्षणका लागि सदभावना दूत घोषणा गरिएको हो ।

सदभावना दूतको अभिभारा पाएका हमालले अब नेपालमा बढ्दो बाघ चोरी तस्करीको रोकथामका लागि सन्देश प्रवाह गर्नेछन् । कार्यक्रममा सन् २०१० मा १ सय ५५ वटा बाघ रहेकोमा बढेर १ सय ७६ पुगेको जानकारी दिंदै त्यसको सुरक्षाका लागी आम नेपालीको सहयोग चाहिने बताईएको थियो । वन तथा भू-संरक्षण मन्त्रालयले आयोजना गरेको सो कार्यक्रममा हमालले बाघको संरक्षणका लागी आफ्नो पहल रहने प्रतिबद्धता जनाए ।

हमाललाई संरक्षण दूत बनाउनु पूर्व करिब एक महिना अगाडी बाघको मुख्य बासस्थान मानिने बर्दिया राष्ट्रिय निकुञ्ज लगिएको थियो । हमालले निकुञ्जमा पुगि बाघको बारेमा जानकारी लिंदै बाघ जंगलको ठूलो सेलिब्रेटी रहेको बताएका थिए । बाघको अनुहारले नै एउटा परिचय दिने भएकाले बाघ सेलिब्रेटी भएको उनको भनाई थियो । यसअघि तत्कालिन मिस नेपाल जेनिसा मोक्तानलाई सरकारले बाघ संरक्षणका लागि सदभावना दूत नियुक्त गरेको थियो ।
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. HamroHDVideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger