Latest Movie :

बद्रिले खोल्दैछ पालुङको शिखर हल

बिगत सात बर्ष देखि बन्द अवस्थामा रहेको पालुङको शिखरकोटमा रहेको शिखर चलचित्र मन्दिर पुन: सञ्चालनमा आउने भएको छ । निर्देशक शोभित बस्नेतले सो हललाई १० बर्षका लागि भाडामा लिएर सञ्चालन गर्न लागेका हुन् ।

फिल्म निर्देशनबाट केहि सुस्त बन्न खोजेका शोभितले फिल्मीखबरसँग कुरा गर्दै यसलाई सहायक व्यवसायको रूपमा अंगालेको बताए । उनले भने, 'अब निर्देशन भन्दा पनि निर्माण र हल व्यवसायलाई बढि प्राथमिकता दिन्छु ।' भोली बिहिबारबाट फिल्म 'तँ त सार्‍है सप्रिस नि बद्रि' लाई चलाएर हलको उदघाटन गर्ने निर्देशक बस्नेतले फिल्मीखबरलाई जानकारी गराए । करिब ३५० सिट क्षमताको उक्त हाईभिजन हललाई मर्मत सम्भार गरेर निर्देशक बस्नेतले अहिले सराउण्ड साउण्ड सिस्टम जडान गरेर डिजिटल बनाएका छन् ।

दैनिक २ शो चलाईने सो हलमा टिकट दर ५० र ६० रूपैंया कायम गरिएको छ । ग्रामिण भेग भएकाले टिकट दर सस्तो भए पनि दर्शकको उपस्थिती राम्रै हुने बताउँदै हलले राम्रो कलेक्सन दिने सोभितले बताए । उनका अनुसार यो हलले पालुङ आसपास सहित मकवानपुरकै मार्को कुलेखानी, सिङ भन्ज्याङ, डाँडाबास सम्मको क्षेत्रलाई समेट्छ । यो हल सञ्चालनमा आएपछि निर्माताहरूलाई केहि राहत हुने निर्देशक बस्नेतको भनाई छ ।

शिखर हलको उदघाटन गर्न लागेको फिल्म बद्रि अहिले राजधानीका आधा दर्जन हल सहित उपत्यका बाहिरका केहि हलमा चलिरहेको छ । फिल्मलाई जयकिशन बस्नेतको निर्माणमा शोभितले नै निर्देशन गरेका हुन् ।
Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. HamroHDVideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger