Latest Movie :

राष्ट्रिय खेलमा भ्रष्टाचार,को को भए लाचार !

व्यवस्थापिका संसद् अन्तर्गतको सार्वजनिक लेखा समितिले छैटौ खेलकुद प्रतियोगितामा भएको अनियमितताका बारेमा छानविन गर्न छानविन उपसमिति गठन गरेको छ । समितिको कार्यालय सिंहदरबारमा बसेको बैठकले एमाले सभासद भानुभक्त जोशीको संयोजकत्वमा ५ सदस्यीय छानविन उपमिति गठन गरेको हो । समितिमा काँग्रेसकी कमला पन्त, माओवादीका टेकबहादुर बस्नेत, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका प्रमोदप्रसाद गुप्ता र राप्रपाका अलाउद्दिन अन्सारी सदस्य रहनुभएको छ । समितिलाई छैटौ खेलकुद प्रतियोगितामा भएको सम्पूर्ण गतिविधिको स्थलगत अध्ययन गरी बैशाख मसान्तभित्रमा प्रतिबेदन पेश गर्ने जिम्बेवारी दिईएको छ । प्रतियोगिताका क्रममा पोसाक तथा खाना र आवासका साथै भौतिक पुर्वाधारको निर्माणमा अनियमितता भएको भन्दै उजुरी परेपछि लेखा समितिले राष्ट्रिय खेलकुद परिषद्लाई प्रतिवेदन बुझाउन आग्रह गरेको थियो । बैठकमा खेलकुद राज्यमन्त्री गोपी अछामी, सचिव सुशील घिमिरे तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामासंगको छलफलपछि उपसमिति गठन गरिएको व्यवस्थापिकास संसद् अन्तर्गतको लेखा समितिका सभापति रामकृष्ण यादबले जानकारी दिनुभयो


Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. HamroHDVideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger