Latest Movie :

प्रचण्ड पुत्र प्रकाशले सगरमाथाको शिखर चुमे . Prakash reached the summit of Everest on Saturday

काठमाडौ, जेठ १३ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहाल सहितको टोली आज सगरमाथाको चुचुरोमा पुगेको छ। प्रकाश सहितको टोलीले बिहान ८ बजे सगरमाथाको शिखरमा टेकेको अन्तर्राष्ट्रिय पर्वतारोहण संघले जनाएको छ । संघका अनुसार प्रकाशले नेपालको राष्ट्रिय झण्डा र कम्युनिष्ट पार्टीको झण्डा फहराएका छन् । शान्ति र संविधानका लागि दबाब दिन भन्दै प्रकाश सहितको टोली सगरमाथा आरोहणमा गएको थियो । लुम्बिनी सगरमाथा शान्ति यात्रा अन्तर्गत गएको टोलीलाई सरकारले दुई करोड दिने निर्णय गरेपछि टोली निकै विवादमा आएको थियो । आलोचना पछि सरकारी सहयोग नलिने घोषणा गरेर टोली विभिन्न क्षेत्रबाट रकम संकलन गरेर सगरमाथा गएको हो ।
Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. HamroHDVideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger