Latest Movie :

आप्नो पक्षमा समाचार नलेखे पत्रकारलाई पनि नछाड्ने आङ्काजीको धम्की Nepali News May 21st 2012

आप्नो पक्षमा समाचार नलेखे पत्रकारलाई पनि नछाड्ने आङ्काजीको धम्की

काठमाडौ, जेठ ७ । नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङ्काजी शेर्पाले आप्नो पक्षमा समाचार नलेखे पत्रकारलाई पनि बाँकी नराख्ने धम्की दिएकाछन् । रिपोटर्सक्लबले राजधानीमा गरेको साक्षात्कारमा शेर्पाले प्रेसमाथि भएको आक्रमणविरुद्ध पत्रकार महासंघले र्‍याली निकाले बाँकी नराख्ने चेतावनी दिएपछि समाचार संकलनमा पुगेका पत्रकारले विरोध जनाएपछि झण्डै हात हालाहालको स्थीति सृजना भएको थियो । शेर्पाले पत्रकारविरुद्ध आपत्तीजनक अभिब्यतिm दिए लगत्तै समाचार संकलनमा उपस्थित पत्रकारले उनको भनाइको विरोध गर्दै ड्यासमा पुगेपछि कार्यक्रम सञ्चालन गरिरहेका क्लव अध्यक्ष ऋषि धमला, क्लवका उपाध्यक्ष बैकुण्ठ ढुंगानाले पत्रकारलाई सम्झाइ बुझाइ फर्काएका थिए ।

स्थिति असहज भएपछि पुगेको प्रहरीले जनजाति महासंघ महासचिव शेर्पासहित जनजाति नेताहरुलाई बाहिर निकालेको थियो । बाहिर निस्कंदै गर्दा शेर्पाले क्लव अध्यक्ष धमलालाई नाम किटेरै, तलाईं छाड्दिन, भन्ने अभिब्यतिm दिएका थिए । यस्तै शेर्पाको विरोध गर्ने पत्रकार खिला कार्कीलगायतको फोटो खिचेका थिए ।

शेर्पाले यसअघि नेपाल पत्रकार महासंघलाई बुझाएको ज्ञापनपत्रमा पनि जनजाति आन्दोलनमा सहयोग नगरे मिडिया बहिस्कार गर्ने र विज्ञापन समेत नदिने चेतावनी दिएका थिए । आज भने उनले, जनताले दुःख पाए भनेर ब्राम्हण समाज, पत्रकार महासंघले र्‍याली निकालदै छ रे, हिजो अखण्ड सुदूरपश्चिममा नबोल्ने पत्रकार पत्रकार महासंघले र्‍याली निकाले बाँकी राखिने छैन भन्ने अभिब्यक्ति दिएका थिए ।



Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. HamroHDVideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger