Latest Movie :

बौद्ध धर्मावलम्बीहरुले मनाउने गुँला पर्व सुरु Gullah Festival Begins

काठमाण्डौ, ५ साउन। आजदेखि नेवार समूदायको सांस्कृतिक पर्व गुँलाः मनाईदैछ । हरेक विहान गुँलाः बाजा बजाउँदै स्वयम्भू महाचैत्यका साथ बौद्ध मन्दिर तथा विहारको परिक्रमा गरेर पर्व सुरु गरिन्छ । काठमाडौको स्वयम्भू महाचैत्यको दर्शन परिक्रमापछि शोभाभगवतीसँगैका विजयश्वरी, केलटोलस्थित सेतो मत्स्येनारायणको पनि परिक्रमा गरिन्छ ।
शाक्यमुनि गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको पवित्र महिनाको रूपमा साउन शुक्ल प्रतिपदाका दिनदेखि एक महिनासम्म गुँला पर्व मनाउने गरिन्छ । पर्वका अवसरमा आजदेखि स्वयम्भू पर्वतमा मेला लाग्ने गर्छ । नेवारी भाषामा ‘गुँ’ को अर्थ नौ हो भने ‘ला’को अर्थ महिना भएकोले नेपाल संवत्को नवौँ महिनाको पारु तिथि यो पर्व मनाउने गरिन्छ ।
हीनयान, महायान र बज्रयान तीनै समुदायका बौद्ध अनुयायीले आफ्नो परम्परागत संस्कृतिको संरक्षण एवम् बुद्ध प्रतिको आध्यात्मिक आस्थाले प्रेरित भएर दिनहुँ बिहान स्नान गरी बाजागाजा सहित स्त्रोत्र पाठ गर्दै स्वयम्भू महाचैत्य, प्रतापपुर, अनन्तपुरलगायतको दर्शन गर्ने र त्यस आसपास क्षेत्रको सम्पूर्ण तीर्थस्थलको परिक्रमा गर्ने प्रचलन रहेको छ ।
Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. HamroHDVideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger